नायक राजेश हमालकी ‘ग्रेट फ्यान’ अभिरुचि भन्छिन् ‘म उहाँसँग बिहे गर्न चाहन्छु’

नेपाली फिल्मका सुपरस्टार राजेश हमालका फ्यान मध्येकी एक युवती छन् जो राजेशका नजरमा पनि नम्बर वान फ्यान हुन् । स्वयं राजेश आफ्ना अन्तर्वार्ताहरुमा उनलाई ‘ग्रेट फ्यान’ भन्ने गर्छन् । तर यिनले आफूलाई नम्बर १ फ्यान बताए पनि हमालसग जीवन नै बिताउनका लागि धेरै प्रयास गरिरहेकी छन् । काठमाडौं चोभारकी १९ वर्षीय यी हमालकी ग्रेट फ्यान हुन्, अभिरुचि बुढाथोकी । जसले सानैदेखी हमालसँगै विवाह गर्ने सपना देख्दै आएकीछिन् । भन्छिन्, “मेरो उहाँसग विवाह गर्ने सानैदेखिको अठोट हो, पूरा हुन्छ या हुँदैन त्यो फरक कुरा हो ।”

तस्बीरहरुमा ३ वर्षको उमेरदेखि नायक राजेश हमालसँग अभिरुचि बुढाथोकी।

अभिरुचि बुढाथोकी। तस्बीर:ऋषिराम कट्टेल

नेपाली फिल्मका सुपरस्टार राजेश हमाललाई मन नपराउने को होला ? नेपाली फिल्मको हिरो भन्ने बित्तिकै धेरैको मनमष्तिष्कबाट निस्किने नाम हो राजेश हमाल। अढाई दशकदेखि नेपाली फिल्म क्षेत्रमा छाएका यी हिरोका फ्यान कति होलान् ? लाखौं । तर, विगत १६ वर्षदेखीकी ‘ग्रेट फ्यान’ अभिरुचीको कथा सुन्दै अनौठो लाग्छ ।

उनको कथा सुन्दा कतिपयले अविश्वास गर्न पनि सक्छन् तर यो कथा उनको आफ्नो परिवार र उनले आँखाको नानी मान्ने राजेश हमाललाई भने मज्जैले थाहा छ । उनका अनुसार ३ वर्षको उमेरमा आफ्नी आमाको साथमा उनी हमाल अभिनित फिल्म गोपिकृष्ण हेर्न हलमा लगिएकी थिइन । फिल्ममा हमाललाई छुरीले हानेर मारेको दृश्य देखेर अभिरुचि हलमै बेहोस् भइन्, उनलाई पानी छ्यापेर होसमा ल्याइयो । त्यसपछि उनी बिरामी भइरहने, सपनामा पनि राजेश हमालको नाम लिएर बर्बराउने भयो । पछि मानसिक चिकित्सक कहाँ उपचार गराइयो । चिकित्सकले अभिरुचिलाई ‘राजेश हमाल मर्नु भयो भन्ने परेको छ, ज्यूँदै हुनुहन्छ भनेर आश्वस्त पार्न एकपटक हमालसँग भेटाइदिनुस् अनि ठीक हुन्छ! भन्ने सल्लाह दिए । उनलाई बुबाले हमालकहाँ पु¥याए, त्यहाँ सबै घटना बताइयो । “उहाँले किन भेट्न आएकी भनेर सोध्दा मैले तपाईंसँग मेरो बिहेको कुरा गर्नु छ, तपाईसँग म बिहे गर्न चाहन्छु भनें रे” उनले भनिन्, “उहाँले हाँस्दै धेरै पढ्यौ, कलेज टप गरयौ भने तिमीले भनेको पुग्छ भन्नु भयो । तर मलाई त केही थाह छैन त्यसबेलाको कुरा ।” त्यसपछि उनको स्वास्थ्य पनि राम्रो भएछ ।

त्यसपछि ६ वर्ष भेट भएन हमालसँग । एकदिन उनको घर नजिकै चोभारमा सुटिङ चल्दै थियो । अभिरुचिका साथी सुटिङ हेर्न गएका थिए, उनीहरुले हमाललाई भने, अभुले सोधेको छ तपाईलाई । ए अभिरुचि, त्यसो भए उसलाई यो मेरो नम्बर दिनु भनेर हमालले सानो चिटमा नम्बर दिए । “त्यसपछि मैले फोन गरेर र आउदो शनिबार सुटिङमा आउन सक्छौ भन्नुभयो म गएर भेटें” उनी सम्झिन्छिन् , “उहाँले अब त तिमी मसँग बिहे गर्छु भन्दिनौ नि, भन्नुभयो मैले भने तपाईसँगै गर्छु भनें, उहाँ मज्जाले हाँस्नु भयो, मजाक गरेको सोच्नु भयो होला ।” त्यसपछि समय समयमा भेट भइरहने बताउँछिन् उनी । हमालको सुटिङ चोभार, कीर्तिपुर आसपासमा हुँदा उनी पुगिहान्छिन् । उनलाई घरमै गएर पनि भेट्ने गरको बताउँछिन् । “उहाँको ममी खस्दा ५ पटक उहाँको घरमै गएर भेटें” उनी भन्छिन्।

नायक हमालसँग अभिरुचि।

अहिले त उनी ठूली भैसकेकी छन् । ३ वर्षको हुँदा भेटेको अहिले १९ वर्ष पुगिन् । बिहे गर्ने विषयमा ३ वर्षको हुँदा होस् या ८ वर्षको या १९ उनी पुरानै कुरामा अडिग छिन् । “हो म उहाँसँगै बिहे गर्न चाहन्छु, संसारमा उहाँ जस्तो राम्रो यो मनले कोही ठान्दैन ।” उनी सुटिङमा धेरै मान्छेको भीडमा होस्, यी सुपरस्टारलाई भेट्दा होस् या एक्लै यही कुरा राख्छिन् । हमालका निजी सहायकलाई हमाललाई आफूसँग बिहे गर्न सम्झाइदिन धेरै पटक आग्रह गरेको बताउँछन् निजी सहायक चिरन्जीवी आचार्य । हमाल स्वयं भने बिहेको विषयमा पोजेटिभ पनि नभएको नेगेटिभ पनि नभएको आफूले अनुभव गरेको अभिरुचि बताउँछिन् । भन्छिन् “बिहे भन्ने कुरा जुरेको हुनुपर्छ नत्र हुँदैन भन्नु हुन्छ, सायद हाम्रो एज डिफ्रेन्टले पनि उहाँ यो कुरामा असहज मान्नु भएको जस्तो लाग्छ मलाई ।”

‘राम्रो पढ, कलेज टप गर’ भनेपछि लगनशील भएर पढेकी उनी अहीले कजेज टपर पनि हुन् । किष्ट नर्सिङ कलेजमा पिसीएल नर्सिङ सकेकी छन् । एसएलसीमा पनि डिक्टिङ्सन ल्याएकी थिइन् उनले । तर हमाल पछिल्लो समयमा टाढिएका छन् । अभिरुचि भने उहाँले बिहे गर्ने कुरामा आशावादी नै रहेको बताउँछिन् । “उहाँले पनि अहिलेसम्म बिहे गर्नु भएको छैन, मेरो पनि भएको छैन” उनले भनिन्,“ सास रहेसम्म आस त भइहाल्छ नि ।” स्वयं हमालसँग अभिरुचिको बारेमा जिज्ञासा राख्दा आफ्नो राम्रो फ्यान भएको बताए । उनले भने “उहाँ खाली मेरो ठूलो फ्यान हो, हाम्रो सम्बन्ध यतिमात्रै हो ।”

हिरोकी ‘ग्रेट फ्यान’ भएकाले फिल्म क्षेत्रतिर पनि उनको रुचि रहेछ ।  “पहिला अध्ययन सक्छु, त्यसपछि राम्रो अवसर आएमा पक्कै अभिनय क्षेत्रमा आउँछु ।” उनले भनिन् । त्यसो त चित्कार फिल्म, नरमणि सिरीयलमा अभिनय गरिसकेकी रहिछन् उनले । प्लस टु नामक चलचित्रमा नायिकाको लागि अफर आएको बताइन उनले । तर हमालले नै उसको पढाई बिग्रन्छ हुँदैन भन्नु भयो, त्यसपछि नखेलेको बताइन् । हमालसँग बिहे गर्ने अभिरुचिको धोको पूरा भएन भने नि ? “मलाई लाग्छ सबै सम्बन्धको अन्त्य बिहे नै होइन । अब लेखान्तमै रहेनछ भने त के भन्नु” उनले भनिन्, “म उहाँको केही हुन सकिन भने उहाँको नम्बर एक फ्यानचाहिं हुन सक्छु, यो हुन कसैले रोक्न सक्दैन ।”

अभिरुचि बुढाथोकी। तस्बीर :ऋषिराम कट्टेल

  • Dipeshrajtharu333

    dherai ramro risi ji………………………………..
     

  • Kulung_bdrp

    rishee bhai ! gajab report banay chau >

  • Sdahal34

    lau  himalma aja chai hderia interesting kura padhna paiyo, yestai kura padhna paay sadahi…….

  • Milan bista

    hau yo ta  athi good  khabar ho ne  best of luck

  • sanuram dahal

    yesto interesting kura aru panipadhna paiyos, sarai ramro news lagyo malai ta

  • naresh nirdosh

    a rajehs hamalka yesto pani fan?????? lau lau it is so interesting……………,

  • suresh shrestha

    aviruchiko  abhilasha pura hola ta? rajeshko ta arkai garilfriend chha bhancha ni? tyo pani lekhnuparo

  • sunita ghimire

    himalle ta exclusive kura nai po lekehko raicha ta, yo ta himal patrikale lekhne khalko po raichha, photo haru pani dami lagyo

  • menisha kc

    so interesting reproting

  • surasan

    if everything goes good then i am sure that hamal will accept your proposal. best of luck for that….

  • Sanuram Dahal

    धेरै राम्रो न्यूज………..
    भनेपछि अब राजेश दाईले कोसँग चाही बिहे गर्लान् त  ……………………………………..

  • Anita Prasai11

    मलाई  लाग्छ  यो कुरले राजेस हमल लाई समस्या पर्ल । अब उनि कुरा बुज्ने भयकी छिन  तएसैले  उनिलाई र उन्क गार्जन राखेर   उनिलाई बाटो दिए  राम्रो हुने थियो कि ? 

    Anita Prasai
    Birtamod Jhap

  • Matrikabastola

    its a great reality i like  it

  • Manalama19

    best of luck abhisuchi and good wishes for you

  • Ali Birgunj

    Rajesh g  yo chance abhiruchi g lai nai ab dinus bcoz uha dherai tapai lai  heartly maya garirahanu vaiko6 so yatiko maya garne man6e pau6 ki padain k thah?best of luck…………….

  • rambokc

    nice reporting …Rajesh ji respect my abhiruchi gharma rakhel rakney rajesh ji yo ta bhayena hi

  • muskan

    la badhai cha hai rajesj ji……………tapai ko naya crazy bhaytiya cha….tara tapai ko yatro crazy lai mero fren le yakai patak ma pataya cha ……………tapai mattra haina abhiruchi ko aru kasaiko pani fan ho jo ahilay us ma cha…..ki kasho abiruchi

  • suresh

    ur infatuation growing in to love is really salutory……i respect and salute ur love abhi…..

  • Prakashthapa368

    Real great fan.

  • jam

    i have heard that Mr Hamal dont like girls he is differnt type . i dont know the face i will leave that to our journalist .
    Mr hamal if you are, you can come out its that time ….

  • raju gurung

    chodnu hunna rajesh dai kt babal 6

  • bishnu tamang

    Don’t worry,aviruchi ur name and desire is quite matchable,hope that u will get marry with RAJESH,I bless u