रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)
![रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ansan-(4)-1713691698.jpg)
रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट कृतु भण्डारी सहित उनीहरूका परिवारजन काठमाडौंको भृकुटीमण्डपमा अनशन बसेका हुन्। रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाका लागि सरकारले पहल नगरेपछि अनशन बस्नुपरेको उनीहरूले बताएका छन्।
![ansan (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/ukraine/ansan/ansan (1).jpg)
उनीहरूले रूसी सेनामा रहेका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन, घाइते नेपाली युवाको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
त्यस्तै, युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपालीको सकुशल रिहाइको पहल गर्न, मृतकको शव ल्याउन र क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्न पनि उनीहरूले माग गरेका छन्।
![ansan (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/ukraine/ansan/ansan (6).jpg)
रूस-युक्रेन युद्धमा अहिलेसम्म ३३ जना नेपालीको ज्यान गइसकेको छ। त्यस्तै, पाँच जना युक्रेनी सेनाको कब्जामा छन् भने केही बेपत्ता छन्। कैयौं घाइते भएका छन्।
![ansan (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/ukraine/ansan/ansan (5).jpg)
![ansan (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/ukraine/ansan/ansan (3).jpg)
![ansan (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/ukraine/ansan/ansan (2).jpg)
यो पनि पढ्नुहोस् :