माटाको ढिस्काले पुरिएर दुई बालकको ज्यान गयो
![माटाको ढिस्काले पुरिएर दुई बालकको ज्यान गयो](https://www.himalkhabar.com/uploads/posts/800X600/rapti_academy_(3)_1689324455.jpg)
माटाको ढिस्काले पुरिएर दाङमा दुई बालकको ज्यान गएको छ।
घोराही उपमहानगरपालिका-९, आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र १२ वर्षीय माधव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।
आन्द्राभरैयाका चार जना बालक घरदेखि करीब ५०० मिटर टाढा रहेको बबई नदी किनारको कर्मटे भन्ने स्थानमा खेल्न गएका थिए। खेल्ने क्रममा उनीहरू माटाको ढिस्कामा पुरिएको केसीले बताए।
खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेका थिए। एक जनाको उद्धार गरिए पनि दुई जना माटाको ढिस्काले पुरिएका थिए।
खाल्डोमा पुरिएका दुवै बालकलाई स्थानीय बासिन्दाले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए। अस्पतालले उनीहरू मृत घोषणा गरेको प्रहरी उपरीक्षक केसीले बताए।
दुवै जनाको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।