HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
दशैको मुखमा मजदूरीका लागि भारत जानेको लर्को कोराना भाइरस फैलिएसँगै पाँच महीना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन्। स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन्। खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन्।
बर्दियामा एक महीनामै निकुञ्ज क्षेत्रमा अवैध काम गर्ने २० जना पक्राउ, २४० क्युफिट काठ बरामद भदौ महीनामा मात्र बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न स्थानमा अवैध काम गर्ने २० जना पक्राउ परेका छन्। निकुञ्ज कार्यालयका अनुसार १ देखि २८ भदौसम्म निकुञ्जमा प्रवेश गरी काठ कटान तथा अवैध शिकार गर्ने काममा संलग्न भएकाहरूलाई निकुञ्जको नियमित गस्ती टोलीले पक्राउ गरेको हो।