जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार साहले १२ हजार २८३ मत प्राप्त गरेका छन्।
सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने
मतदान अधिकृतमाथि कुटपिट भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदान केन्द्रमा चुनाव रोकिएको छ। अब १ जेठमा पुन: मतदान हुने भएको छ।