डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
![डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/gold_nrb_(2)_1692003193.jpg)
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र एक करोड रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे छन्।
सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ परेका उनीहरूलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको रेग्मीले बताए।