सल्यानमा पुलबाट बस खस्यो, १४ यात्रु घाइते
![सल्यानमा पुलबाट बस खस्यो, १४ यात्रु घाइते](https://www.himalkhabar.com/uploads/posts/800X600/bus-salyan-1713339149.jpg)
दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस बुधबार सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर छ।
घोराहीबाट गएको रा.१ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका-२, सिङबाङस्थित पुलबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। दुर्घटनामा १४ जना घाइते भएका छन्।
उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको कार्कीले जानकारी दिए। अन्य १० जना सामान्य घाइते भएका छन्।
यात्रुवाहक बस अनियन्त्रित भएर पुलबाट खसेको कार्कीले बताए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएका छन्।