‘जात होइन, विचारको राजनीति गर्छु’

नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङसँग विघटित संविधानसभा, राज्यपुनर्संरचनाको आधार र अन्य समसामयिक राजनीतिक विषयमा हिमालखबर पत्रिकाका सम्पादक किरण नेपालले गरेको कुराकानी;

सभासद् भएर आएपछि व्यक्तिगत रूपमा तपाईंलाई संविधान बन्छ भन्ने लागेको थियो ?
१२ बुँदेबाट आरम्भ भएको यात्रा यति सजिलै षड्यन्त्रमूलक ढंगबाट टुट्छ भन्ने लागेको थिएन । त्यहाँभित्र फरक-फरक दर्शन बोकेकाहरू भए पनि मिलेर गइन्छ भन्ने लागेको थियो, तर भएन ।

तपाईंको बुझाइमा १२ बुँदेपछिको ‘कोर्स’को गन्तव्य के थियो ?
१२ बुँदे सहमतिपछिको गन्तव्य संविधानसभामार्फत राष्ट्रिय सहमति गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने थियो । त्यो ‘कोर्स’ अघि बढाउने क्रममा संविधानसभाको शुरूकै दिन भएको राजतन्त्र अन्त्यको ऐतिहासिक प्रयोगबाट बहुलवादी लोकतान्त्रिक संविधानको गन्तव्यमा पुग्न सक्छौं भन्ने लागेको थियो ।

संविधानसभा, संविधान निर्माणको ‘प्लेटर्फम’ भए पनि त्यो सत्ताभ्यासको थलो मात्र किन बन्न पुग्यो ?
रक्तपातलाई जसरी पनि रोक्नुपर्छ भन्ने हाम्रो पार्टीको निक्र्योल हो । पार्टीका कार्यकर्ताको रगतको आहालमाथि टेकेर भए पनि शान्तिका लागि सहमतिको राजनीति गर्‍यो । मुलुकलाई नयाँ ढंगबाट अगाडि बढाउने क्रममा यहाँसम्म आयौं । तर पछिल्ला दिनमा माओवादीले खोलो तरेर लौरो बिस्र्यो ।
संविधानलेखनलाई केन्द्रमा राखेको भए यस्तो दुर्दशा भोग्नुपर्ने थिएन । माओवादी संविधानसभाबाट संविधान बनाउनुको साटो सत्ताकब्जा गर्ने रणनीतिमा लाग्यो । शुरूमै प्रचण्डजीले प्रधानसेनापति कट्वाललाई बर्खास्त गरेर त्यस्तो अभ्यास गर्नु भयो। बाहिरी शक्तिको चलखेल पनि भयो । अहिलेको सरकार उत्तरकालीको मन्त्र जप्दै दक्षिणकालीको पाउमा ढोगेर बनेको हो ।

संविधानसभाको सबैभन्दा नकारात्मक पक्ष के रहृयो ?
चार वर्षघि कांग्रेस, एमाले, माओवादी, मधेशी आदि टोपी लगाएर संविधानसभा पसेकाहरूमध्ये १४ जेठ २०६९ को राति निस्किंदा कतिपयले जातको टोपी लगाएका थिए ।

यो परिस्थिति किन र कसरी बन्यो ?
२०४६ सालपछि पनि बहुदलीय प्रजातन्त्रमाथि प्रहार भएकै हो । शेर्पा, तामाङ, मगर, गुरुङ, र्राई, लिम्बूलाई अघि सारेर लोकतन्त्र माथि पछाडिबाट बन्दूक हान्ने काम गरियो । जातीयताको कुरा उठाएर लोकतन्त्रवादी र प्रजातन्त्रवादीलाई छिन्नभिन्न बनाउने अभियान चल्यो । त्यसको नेतृत्व गोरेबहादुर खपाङ्गी मगरले गरेका थिए । उनले दशैं भनेको क्षेत्री-बाहुनले शेतामगुरालि माथि गरेको विजय उत्सव हो भने । चुच्चे बाहुनको नाक काटेर आदिवासी जस्तो बनाउनु पर्‍यो भन्दै जातीय सद्भावमाथि प्रहार गरे । गुरुङले गुरुङ, मगरले मगर, बाहुनले बाहुन खोज्दै हिंड्नुपर्ने अवस्था बनाउन खोजियो । ज्ञानेन्द्रले सत्ता लिएपछि शेतामगुरालिको नेता खपाङ्गीलाई मन्त्री बनाएर नारायणहिटी दरबारमा दशैंको टीका लगाएपछि सबै कुरा खुलस्त भयो । अहिले संघीयताको नाममा १०२ भन्दा धेरै जातजाति मिलेर बसेको मुलुकलाई विभाजन गराएर तमासा देखाउन खोजिंदैछ । हिजोसम्म पोलिटब्यूरो र स्थायी समिति सदस्य भएकाहरू अहिले म राई हुँ, गुरुङ हुँ भन्न थालेका छन् ।

कसले र किन गरिरहेको छ यस्तो ?
संघीय लोकतान्त्रिक गणतन्त्र नचाहनेहरूले । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसम्म पुग्ने हाम्रो लक्ष्य पूरा नहुँदै डुङ्गामा प्वाल पार्ने षड्यन्त्र हो यो ।

कांग्रेस र एमालेले जातीय राज्य मानेको भए त संविधान आइहाल्थ्यो; किन नगरेको त्यस्तो ?

एकल जातीयताको आधारमा प्रदेश बनाउँदा जातीय द्वन्द्व निम्तिन्छ । जातीय राज्यका पक्षधरहरू ‘भारतमा तमिलनाडू, नागाल्याण्ड बनेको छ, यहाँ किन बनाउन नहुने’ भन्ने तर्क गर्छन् । तर, तमिलनाडू बन्दै गर्दा त्यहाँ ८० प्रतिशत तमिल बस्थे र नागाल्याण्डमा पनि ८० प्रतिशतभन्दा बढी नागाहरूको बसोबास छ भन्ने तथ्यलाई उनीहरू बिर्सन्छन् । संयुक्त अधिराज्य बेलायतकै कुरा गर्ने हो भने स्कटल्याण्डमा ७० प्रतिशत भन्दा बढी स्कटिस भाषी र आयरल्याण्डमा ६५ प्रतिशतभन्दा माथि आइरिस भाषा बोल्नेहरू छन् । अनि बन्यो अंग्रेजहरूको इङ्गल्याण्ड, स्कटिसहरूको स्कटल्याण्ड र आइरिसहरूको आयरल्याण्ड मिलेर बेलायत । नेपालमा कहाँ, कुन जातको छ त्यस्तो बाहुल्य ? अनि लोकतन्त्रमा अल्पमतले बहुमतमाथि शासन गर्न मिल्छ ? यहाँ त सबै अल्पमतमा छन् । नेवा भनिएको राज्यमा ३० प्रतिशत नेवार छन् । एकातिर हामीले ३० प्रतिशतले ७० प्रतिशतलाई शासन गर्ने व्यवस्था खोजेको होइन भने अर्कोतिर जातीय ध्रुवीकरण निम्त्याएर अल्पमतमा रहेका जाति कहिल्यै पनि सत्तामा पुग्न नसक्ने अवस्था पनि चाहेको होइन ।

जातीय राज्यमा अग्राधिकारको कुरा छ नि त ?
अग्राधिकार दुइ कार्यकाल अर्थात् १० वर्षा लागि हो । त्यसपछि के संविधान च्यातेर फाल्ने – संविधान १०० वर्षचल्यो भने नेवारले अग्राधिकारको नाममा १० वर्षखाने अनि ९० वर्ष चुनाव हार्ने ? त्यसैले एकल जातीय आधारमा प्रदेश बनाउनु भनेको जुन जातको नाममा प्रदेश बन्छ, त्यही जात हार्ने खेल हो ।

तपाईंका यी कुरा जातीय राज्यको वकालत गरिरहेका नेताहरूले किन नबुझेका त ?
नबुझेको होइन, शेतामगुरालिको अर्को रूपमा निस्केको हो । यस्ता मान्छे दुइ-चार जना हुन्छन् पछिलाग्नेहरूलाई थाहै हुँदैन । खपाङ्गीको कुरा सुनेर धेरैले दशैं बहिष्कार गरे । जातीय कुरा उठाइसकेपछि मान्छेहरू नबुझकिन पनि सडकमा आउँछन् ।

एमाओवादीले चाहेको भए १४ जेठमा जातीय राज्यसहितको संविधान आउँथ्यो भन्ने तपाईंलाई लाग्दैन ?
१४ जेठअघि क्षेत्री, बाहुनसँग ‘तपाईंहरूको बारेमा बोलेको छु सडक तताउनु पर्‍यो’ भन्ने प्रचण्डले उनीहरू सडकमा आएपछि आदिवासी नेताहरूलाई ‘तपाईंको पक्षमा म छँदैछु, एकल पहिचान बनाउनर्ुपर्छ तर क्षेत्री बाहुनको आन्दोलनको प्रतिकार गर्नुपर्छ’ भने । यसबाट एमाओवादी एकल जातीय राज्यको पक्षमा छैन भन्ने प्रष्ट हुन्छ । विवाद समाधान उपसमितिका संयोजक प्रचण्ड नै थिए । उनले एकल जातीय पहिचानकै आधारमा फुल हाउसमा जाने भनेको भए अरूको के लाग्थ्यो र – हामी त जम्मा ११४ थियौं । त्यसमा पनि हाम्रा केही साथीहरू धरमर थिए । त्यो अवस्थामा एकल जातीय आधारमा प्रदेश बन्ने थियो । कतिपय फटाहा मान्छेले चकलेट खाएर त्यसको खोलमा ढुंगा राखेर केटाकेटीलाई खाउ भन्दै दिन्छन् । ठ्याक्कै त्यही गरेका हुन् प्रचण्डले ।

२०६२-६३ को आन्दोलनको अजेण्डा संघीयता नभए पनि आज यसबाट पछाडि हट्न सक्ने अवस्था छैन, हैन ?
जनतालाई पहुँच र सामर्थ्य पुर्‍याउन संघीयता चाहिने हो । तर यहाँ भइरहेको संघीयताको खेलले मुलुकलाई कमजोर बनाउने भएको छ । संघीयताबाट फर्किनै सकिंदैन भन्ने कुरा म मान्दिनँ । संघीयतासहितको संविधान लेख्न सकेनौं, अल्मलियौं । अब संघीयतासहितको संविधान बनाउँ कि संघीयतारहितको भनेर जनतासँग सोध्न सकिन्छ । यो प्रजातान्त्रिक विधि पनि हो ।

तपाईं जनमत संग्रहको वकालत गर्दै हुनुहुन्छ ?
नेपालको राजनीति संघीयताको नाममा निकै फोहोर भएको छ । जनमत संग्रहमा जाँदा त्यो सफा हुन्छ । जनतासँग जान डराउनु पनि हुँदैन ।

कतिपय जनजाति अगुवाहरूको भनाइमा अहिले जातीय राज्यको विरोधमा कुरा गर्नु आफ्नै समुदायबाट बहिष्कृत हुनु हो; तपाईंलाई त्यस्तो लाग्दैन ?
जातीय पहिचानको आधारमा प्रदेश बनाउनुपर्छ भन्नेहरूले आफ्नो खुट्टामा आफैंले बन्चरो हानेका त छैनन् – मलाई डर छैन । म विचारको राजनीति गर्छु जातको गर्दिनँ । त्यसैले त्यो समुदायबाट बहिष्कार हुन्छु जस्तो लाग्दैन ।

तमुवान भन्नेवित्तिकै तपाईंलाई आफ्नोपनको अनुभूति त हुन्छ होला नि !
अहिले वकालत गरिएको तमुवानभित्र १६ प्रतिशत गुरुङ बस्छन् । अर्थात् गुरुङबाहेकका ८४ प्रतिशत जाति बस्छन् । गुरुङहरूले आफ्नै नाममा युग-युगसम्म चुनावमा हारिरहने तमुवान किन चाहियो, बुझनुपर्‍यो । कतिले भन्लान् हामीलाई मगरले पनि भोट हाल्छन् । सबै आदिवासीले गुरुङलाई भोट हाल्छन् भन्ने भ्रम पाल्नुहुँदैन । तमुवानभित्र मगर, तामाङ, र्राई, लिम्बु, क्षेत्री, बाहुनको स्वायत्त क्षेत्र पनि हुन्न । स्वायत्त क्षेत्र समेत नपाउने भएपछि कसैले गुरुङलाई मात्र भोट हाल्दैनन् ।

गुरुङ समुदायले यो कुरा बुझेका छन् त ?
बुझदै छन् । तमुवानले अन्तिममा तमुलाई बर्बाद बनाउँछ । तमुवान प्रदेश बनायो भने त्यसभित्र नेपालभरिका ३३ प्रतिशत गुरुङ पर्छन् । अब मैले गुरुङकै वकालत गर्दा पनि ३३ प्रतिशतको कि ६७ प्रतिशतको लागि गर्ने – अर्को कुरा तमुवानभित्रका ६७ प्रतिशत ‘रैती’ले केही अधिकार नपाउने भए । अहिले जुन ढंगबाट प्रदेशको बाँडफाँड गरिएको छ त्यसलाई हेर्ने हो भने, ७६ गाविसमा गुरुङ बहुमतमा छन् तर आपसमा नजोडिएका । जोड्न मिल्ने गाविसहरू ५८ मात्र छन् । तिनलाई मात्र प्रदेश बनाउँदा त्यहाँको जनसंख्यामा चाहिं गुरुङहरूको ५१ प्रतिशत बहुमत त हुन्छ, तर सम्पूर्ण गुरुङ जनसंख्याको ६७ प्रतिशत त बाहिरै पर्छन् । त्यसैलेे, मिश्रति समाज भएको हाम्रो जस्तो मुलुकलाई जातीय राज्यको नाराले ठीक ठाउँमा लैजाँदैन ।

संविधानसभाको पुनर्स्थापना वा यसको अर्को चुनाव वा संसद्को चुनाव जस्ता विकल्पहरूमध्ये तपाईंको प्राथमिकता केमा हो ?
पुनर्स्थापना भएमा महागाईजात्रा हुनेवाला छ । के आधारमा केका लागि पुनर्स्थापना गर्ने ? अरू चार वर्षयस्तै जात्रा देखाउने ? पुनर्स्थापना अहिलेको निकास हैन । संविधानको पाँच प्रतिशत काम बाँकी छ भने त्यसलाई बाहिरै मिलाएर २-४ घण्टाको लागि पुनर्स्थापना गर्दा ठीक हुन्छ कि भन्ने लागेको थियो मलाई पनि शुरूका दिनमा । तर, केही समयका लागि पुनर्स्थापना गर्दा पनि ढोकाबाट छिर्ने बित्तिकै प्रचण्डले ‘मैले त खारेज गरे नि हिजोको सहमति’ भनेर भाषण गर्दै हिंडे भने फेरि हिजोको गाईजात्रा दोहोरिन्छ ।
अबको निकास संविधानसभा चुनाव पनि होइन । बाधा अड्काउ फुकाउ प्रयोग गरेर अन्तरिम संविधानको केही धारा परिवर्तन गरी २४० सम्मको व्यवस्थापिका संसद्को निर्वाचनमा जानुपर्छ । निर्वाचनपछि पहिलो ६ महीनामा संविधान बनाउने र बाँकी साढे चार वर्षव्यवस्थापिका संसद्को रूपमा काम गर्नुपर्छ । यसबाट निस्कने निकासले मुलुकलाई द्वन्द्वबाट जोगाउँछ । चुनावअघि संवैधानिक सिद्धान्तमा न्यूनतम सहमति भने हुनैपर्छ ।

१–१५ साउन २०६९ को हिमाल खबरपत्रिकाबाट

  • Highway

    After read this interview, Mr. Gurung is the good reader, thinker & analysis person. He might be learn about history of Federalism in the world. I am 100% agree with his view. 

    • Harke

      he is dumb politician ,he is totally blind can’t see the huge mountain standing infront of him whic needs to be destroyed to develop the country 

      • kamada sharma

        please comment about gore bahadur khapangi also

  • Trilok

    Mr Gurung seems to  be a visionary leader.

  • Brian Powell

    we need people like you ,tx Mr. gurung for your very thoughtful view ,my vote on you. !

    • Harke

      he is the buullshit leader of nepal doesnt know the fact ,doesnt want equalism ,surely he will put his community into bin bag.

      • Brian Powell

         Dude you can’t market yourself with your face ,it’s how you think and how honest you are ,so  our Nepal needs more leaders like him so that we can be united and put honest leaders like him.He is not bullshit but people like you who don’t care for Nepal.

  • Raikrishnaraj

    Mr Gurung seems to be just opposite image of Gorebahdur Khapangi;  one with right vision but hidden selfish agendas and the other a complete fool at ease with the same old twisted vision brought in by upper classes to rule the rest including his own.

  • Nepali

    this is called retarded mentality ,he doesn’t know where his community is standing now ,doesn’t know he himslef is the second class citizen of nepal ,no rights at all doesn’t deserve to be indigenous people of nepal ,he is speaking baahnunbaadi’s thoughts not his own views,i don’t know where he finds his position in the party n where is his future.might have got some corrupted money to speak like that nonsense words.One day when he will find totally entrapped by the culprit bbaahuns then he will come with tears to beg indigenous people for betraying his own people ,when he gets old n about to die he will pray that he has done tremendous mistakes in life by killing his own brothers but unfotunately he won’t be forgiven.आदिवासी जनजातिको नाम्मा कलन्क ,यो झोले बाहुन्बादी को नोकर ,दुइ चार पैसाको लोभ र पिउन सरहको पद्मा बाकिरहेको लाई आदिवासी जनजाती सबै मिलेरा घरको दैलोमा तिक्न दिनु हुँदैन ,यस्ता हनु मान हरुको बिरोध गरौ । 

    • Mero_nepal1

      this is the cheapest cast related thinking…..be a man not like a women.  

      • Nepali

        what do u think you Gay;hijadaa ,u speak only just becz u want always on top by dividing the caste,baahun ,chhetri baisa shudra,where dalit are untouchable u won;t let them to touch drinking water,u don’t want to be prime minister ,but the scenario has changed now u can’t dominate or discriminate by casteism

        • Ritu

          khate nepali raichha yo saala ta ..

          • Nepali

            mero paad khaa 

        • kamada

          write

    • kamada

      जातीय राज्य नआउँदै त आफ्नै समुदायको मान्छेको विरोध गर्छाै सज्जन । जातीय राज्य आएपछि त तिमीले त दुनियाँको बुढी औला काट्दै हिँड्छौ होला

    • jems

      oe bahun badi nabhan hai talai katdin6u . sale ,bahun word lai bigarchhas aru kunai word use gar

  • http://www.facebook.com/surasundari Sura Sundari

    मुखमे रामराम बगलीमे छुरा (
    बाहिर बाहिर जातिय राज्यको बिरोध गर्ने अनि भित्र भित्र आफ्नो जातलाई मात्र काखा अरु लाई पाखा लगाउने) त बाहुन हरुले त हो

  • nepali babu

    agree, first we are nepali than only ethnicity

  • narendra b.k.

    how khati ramro antar barta racha jatiya rajy ko okalat garne haru le yo antarbarta here kaso hola thanks dahan raj gurung jyu lai sacai hamro ra ramro nepal caahanchau bhane jatiya rajy nabanau tapai hami sabai le kin ki jatiya rajya le danda nimtiyaaucha ”””””””’

  • Goregurung

    gurungko naamaa kaalo kukur !!!!gurungko beijaat naalyaak chhoro janmechha haamro samaajmaa thuikkaa hijadaa ,baahunko kamaaraa 

  • आदिवासी जनजाती

    गोरे बहादुरको किन यात्राो बिरोध ??गोरे बहादुरले त समान्ता भेद भव्को बिरुद्ध आवाज उथाएका थिए त्यो कुनै आदिवासी जनजातिले गर्ने हिम्मात कसेन तर ब्रह्मान बादिको जाल्मा पारेरा सोझा अभुझ जनजातिले उन्लाई पाखा लगाउन पुगे ,आफ्नो अधिकार बारे बोल्न पनि जातिय हुने ?बाहुन्ले सन्स्क्रित पढ्न करदौ राष्ट्रको धुकुती सिद्द्यौदा के मगर ले आफ्नो भाषामा बोल्न पनि नपाउने ?के राइ ले राइ भाषामा उत्थान्को लागि एक पैसा नपाउने ??राज्य देशको उत्त्तर दायित्वो के ?बाहुन्ले आफ्नो जातलाई काखी च्याप्दा अरुले तुलु तुलु हेरेर बस्ने ,बाहुन्ले हिन्दू धर्मको लाग्री रेडियो टि.भी पत्रीकामा करोदौ देशको धुकुती रित्याउदा शेर्पाले लोशार मनाउन एक सुका पनि नपाउने ???खोइ समान्ता ??के दलित चाँही सधाअी आरन्माई बस्ने बाहुन मात्रै प्रदहन मन्त्री हुने ?त्यस्तो तपरी राजनीति अब चल्दैन ???गोरे बहादुर खपाङिले टिका लगाउन किन नपाउने ?धार्मिक शैश्नुता त्य्हा उनी जस्ता महान नेताले देखाएका छन ,क्रिस्तियन गोराले हिन्दू मन्दिरमा गएर बिहा गर्दा के उ हिन्दू भयो जात फाल्यो ?खोइ त माधव कुमार नेपाललाई नाङे झार लगाएको उस्ले त झन राजाको खुट्टामै चोएर शिर निहुराइ ढोग गरेको थियो त किन कारबाही भएन झन जनताले त्रिस्क्रित पनि प्रधान मन्त्री भयो त खोइ त धन राज गुरुङ ले बिरोध गरेको ,यस्तो लान्चान लगाउनु अगाडि अध्ययन गर्ने गर्नुस् हावादारी बोल्दा जनताले कस्तो कारबाही चाल्छन त्यो त थाहै होला दरिद्र नोकर मान्सिक्ता बाट माथि उथ्नु पर्‍यो गुरुङ जि !

    • kamada

      दशैमा टीका लगाउन जो कसैलाई छुट छ तर पहिले बाहुनको क्षेत्रीको मात्र चाड हो भन्ने मतवालीलाई भड्काउने अनि पछि ज्ञानेन्द्रको करकमलबाट टीका ग्रहण गर्नुलाई के भन्ने ?

    • jems

      fuck u

  • Dhnarajgurung

    brother khoi ta gopaal gurung ko kuraa gareko ,kumaar lingdenko kuraa gareko ,gopaal gurung ta jhanai mangol maatra naam raakhera aagadi chhan ta khoi kina bolna nasakeko ,kumaar lingden limbu maatra naam jhundiye chha ta kathaii dhanraaj gurungko buddhimaa gobar maatrai rahechha ,

  • Dhanraaj

    maanche pani katti naraamro ho runche 

  • Mission rai

    गोरे बहादुर , को नाम जोदेर किन हिरो बन्न खोज्या होला सकसस भने गोरे बनेर देखा होईन भने सापती को थुतुनो नचलए हुन्छ …………..

    • Brian Powell

       He is telling the truth ,what’s wrong with that ??

      • Guest

        There is nothing called truth. Its all perceptions dear.

    • kamada

      पश्चिमका गोराहरुको कि्रश्चियन मिसनको हर्लिक्स खानेहरु! सच्चा विवेकी धनराजलाई के अर्घेलो देख्छौ ? धनराजलाई ज्ञानेको दास बन्ने गोरे बन्नु परेको छैन

  • bijay pun magar

    disgusting man……………………….

  • Bikey007

    Jai Ho dhan raj ji ko..

  • Suraj sarma pkr-8

    uhale garnu bhayeko tarka thikai ho 

  • Bhattaraibro

    Loved his vision, and feel proud to be a Nepali. We need a leader who can transcend jat jati, kshetra and ilaka. Thank you himalkhabar for bringing his interview in the media.

  • usatoday1

    There should not be any discussion for identity based states in Nepal. If yes then can somebody please justify me on what basis? Magar, Gurung, Tamangs are second class citizen in Nepal? How? What they didn’t get which other castes got without struggles? Are those castes more deprived than Damai, Kami, Chepang or other minorities? Are they confident about getting enough votes for majority in election? Then lets do the election. Lets face it. Even in the random polls conducted by Nagariknews 70% of people wants kings to come back to power or his associated party. Which is highly unusual and truly impossible. Still, what reflects is the frustration of peoples’ expectations and hate towards modern politics of divide and get fooled by others. Lets imagine who will get enough votes to get majority in any part of the country. A guy who shouted the slogan “bahun chhetri katinchha ragat chatinchha” or the guy who just gave this interview and wants to include and work for every other castes being inclusive. Hmmm.. common sense. Right? The problem in Nepal is equality not the castes. The deprived are the ones who never shouted those hateful slogans like Janajatis. Otherwise, we would hear it from damai, kamis too. Have you ever heard a gurung being deprived of opportunities bcos of being gurung? Or Magar, or any other castes???/ There are deprived people in Nepal but belongs to their status of financial situation. Go to Dolpa, Karnali you will see enough so called upper castes people who even don’t have enough food to eat and to survive. Go to Pokhara and see the Gurung community you will see them shouting “Bahun Chhetri katinchha Ragat Chatinchha” and they are the more prosperous one in Nepal among many of them but you will never ever in your life will hear about talking about those poor bahuns starving in karnali asking for food and medicines. Do you know why? Cos all they do is hate. They hate for you being bahuns, they hate for you being chhetris. They hate you for your struggle you did in your life to get success and thats the reason they want to wipe you out. If being successful, being educated is the sign of their hate then they should start hating their own castes. There is a corruption in Nepal not in a castes you dumbass. There is a discrimination in Nepal to lower castes (damai, kami) but education reform and development and job security is the solution. If you want to eradicate those corruption and discrimination then every person should be indicted for it. No matter what castes they belongs to.

    • guest

      I guess usatoday1 is in the USA to study. Urge him to study more of Nepal and Nepali people. Perhaps one day he gets his answer by himself. God bless.

  • Brian Powell

    Definitely  all Nepalese are Behind you Mr. Gurung ,we need leaders with vision like you who believe Unity is the best policy and we should put Nepal first then only we will remain tomorrow and our future generation will otherwise it will be too late to save our country .I Salute your thoughts and vision and so will every Nepalese .Thank You Sir. !

  • Rameshb2177

    नेपालका हरेक मान्छे माँ यो गुण हुन्छा की एक पटक नेता भएता काठमांडू माँ घर बनैन्थ्यो अनि तेस्ता ले देश माँ के बिकास गर्छन पखेहरु 

  • Nabrajdhakal

    very valid, argumentative and patriotic feeling of mr dhan raj has shown in above he is really a good and real democrat leader. he never seems to gambling the nation by jatiyata so we have to support heartily.

  • Ganeshk Bhattarai

    tai na tui haat aayo dui 4 barsa raaj garyau aaile guf lgauchu  auta ku garne prachande le gu khau bhanda khane ho ta .neta timi jun jaat ko bhaye pani nepali jantako biswas maa kuthara ghat gareka chau.

  • Shirish9

    Going through the comments in different media and social forums I find no hope of Nepal being a peaceful  , sovereign and developed nation. Bhupi writes we are strong but dumb or we are dumb that’s why we are strong sounds fitting o Nepali and more to the Janajati. Who are carrying sheer hatred for Bahun, Chhetris and  are being fooled by the slogan of Caste based Politics (worst of all).   
    Due to the lack of proper and inclusive development plans and prejudice, it is not the Janajatis who are left behind it is the region (Karnali, Farwestern Region especially hills). The so called untouchables are the most deprived, compelled to live a life without dignity and inferiority. They are the peoples who should revolt against the unjust. 
    The poverty, unbalanced development, political instability, corruption and lack of  rule of law are the foes that should be fought against. In the world where discourses on ‘Global  Citizen’ etc are being discussed, what a shame we are going backwards and moreover, the it is hiding the main problems of the country out of discussion. 
    Nobody chooses the caste, region, parents etc to before birth and it is sheer chance then why is there so much affinity toward the caste ?? Hatred only yields more hatred… 

  • guest

    Bichara……. Ke bhanu ra khai? Mr. Gurung aab tapai politics garna chadnus ra kelkood parishad tira gaye hun6a. Jiu charito cha tapaiko, buddhi b__k_o.

  • neupane

    बाहुन शब्द लाई बिगारे र बाहुन बादी नबनाऊ , यो मलाई मन पर्दैन ,मा बाहुन हु , मेरो बाहुन नाम को पछाडी बादी थप्ने अधिकार कसैलाई पनि छैन , के हि बाहुन लाई गाली गर्ने बहाना मा सुवे बाहुन लाई अनि हामी बाहुन को नाम लाई बिगार्न कहिले पाउदैन ,आफ्नो अधिकारको कुरा गर्दा ,अर्को को अधिकार को पनि ख्याल गरौ , नेपाल सुवे नेपाली को हो

  • neupane

    बाहुन शब्द लाई बिगारे र बाहुन बादी नबनाऊ , यो मलाई मन पर्दैन ,मा बाहुन हु , मेरो बाहुन नाम को पछाडी बादी थप्ने अधिकार कसैलाई पनि छैन , के हि बाहुन लाई गाली गर्ने बहाना मा सबै बाहुन लाई अनि हामी बाहुन को नाम लाई बिगार्न कहिले कसैले पाउदैन ,आफ्नो अधिकारको कुरा गर्दा ,अर्को को अधिकार को पनि ख्याल गरौ , नेपाल सबै नेपाली को हो

  • neupane

    a so called ke hi janajati ………..बाहुन शब्द लाई बिगारे र बाहुन बादी नबनाऊ , यो मलाई मन पर्दैन ,मा बाहुन हु , मेरो बाहुन नाम को पछाडी बादी थप्ने अधिकार कसैलाई पनि छैन , के हि बाहुन लाई गाली गर्ने बहाना मा सबै बाहुन लाई अनि हामी बाहुन को नाम लाई बिगार्न कहिले कसैले पाउदैन ,आफ्नो अधिकारको कुरा गर्दा ,अर्को को अधिकार को पनि ख्याल गरौ , नेपाल सबै नेपाली को हो

  • kamada

    thik ho @Ritu gu khaa