कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
![कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै](https://www.himalkhabar.com/uploads/posts/800X600/hikmat_karki_(5)_1687772175.JPG)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज विश्वासको मत लिंदै छन्।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको पाँचौं अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्। उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्)को २०८१ वैशाख २७ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन्।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई नेकपा (एमाले)का ३९, नेकपा (माओवादी केन्द्र)का १३ सहित ५२ प्रदेश सभा सदस्यको समर्थन छ।