गुडबाई जापान !

जापानको कमाइसँगै नेपाल फर्केर होटल–पर्यटन व्यवसायमा लगानी गरेका रमेश आफूजस्ता धेरैलाई रोजगारी सिर्जना गर्न चाहन्छन् ।

देश छाडेर रोजगारीका लागि विदेशिने, जायजेथा र कुम्लोकुटुरो कसेर क्यानडा, अष्ट्रेलिया, बेलायत, अमेरिका पलायन हुने धेरै छन् । ‘यो देशमा केही हुँदैन’ भनेर हिँड्न खुट्टो उचालिरहेका पनि त्यत्तिकै भेटिन्छन् । तर, देशमै केही गरेर आत्मसन्तुष्टिको जीवन बिताउन विदेश छाडेर आउनेहरू पनि छन् । तिनैमध्ये एक हुन्— रमेश कार्की ।

३७ वर्षका रमेश कार्की देशमा रोजगारी सिर्जना गरेर युवाहरूलाई विदेशिनबाट रोक्न चाहन्छन् । जापानमा काम गर्दागर्दै रु.३ करोडको लगानीमा पोखरा–६, लेकसाइडमा २० कोठाको पाँचतले मीडिल पाथ नामक होटल खोलेका उनले सुशील बटाजुसँग मिलेर काठमाडौंको ठमेल र पोखराका दुईवटा तारे होटलमा ‘काठमाडांै स्पा’ चलाएका छन् । आफ्नो व्यवसायमा ५० जनालाई रोजगारी दिएका उनी स्पा स्कूल खोल्ने र सक्षम जनशक्ति उत्पादन गर्ने योजना पनि गरिरहेका छन् ।
स्याङ्जाको नुवाकोट, पौवाई गौंडेबाट १६ वर्षको उमेरमा पोखरा पढ्न आएका रमेशका आँखाभरि सपना थिए । तीन दाजुभाइ र तीन दिदीबहिनी भएका परिवारको जेठो छोरा उनी आफूमा बढी जिम्मेवारी भएको ठान्थे । उनी भन्छन्, “सानैदेखि बरु कितली समातेर चिया बेच्छु, तर केही गर्छु भन्ने अठोट थियो ।” पृथ्वीनारायण क्याम्पसमा डिप्लोमा पढ्दापढ्दै होटल स्तुपामा काम गर्नथालेका उनी राम्रो कमाइ गर्न जापान पुगे । त्यहाँ कमाएको पैसाले नेपालमै व्यवसाय गर्ने सपना साँचेर गएका उनी तीन वर्ष होटल–रेस्टुरेण्टमा काम गरी कमाएको रु.१० लाख बोकेर २०६० सालमा नेपाल फर्किए ।

यति पैसाले नेपालमा गरिखाने बाटो खुल्ला भन्ने लागेको थियो, तर कपिलवस्तुको जगदीशपुर तालमा माछापालनमा गरेको लगानी बालुवामा पानी जस्तै भयो । सशस्त्र समूहलाई चन्दा दिँदा–दिँदा माछाको व्यापार उँभो नलागेकोले फेरि जापान फर्किए । त्यहाँ नेपाली विद्यार्थीलाई जापानी भाषा सिकाउने काम गर्दागर्दै मोटर पार्टस्को प्रोग्रामिङ पढे र टोयोटा कम्पनीमा काम गर्न थाले । रु.२ लाख ५० हजार बराबर तलब र ‘ओभर टाइम’ले चार वर्षमा सोचेभन्दा बढी कमाएका रमेश सुनाउँछन्, “कुनै बेला ३६ घण्टासम्म नसुती लगातार काम गरेको छु ।”

अब त आफ्नै देशमा केही होला नि भन्ने लागेर एक वर्षअघि श्रीमती माया र आठ वर्षे छोरा रोशनसँगै जापानलाई गुडबाई गर्दै नेपाल फर्किंदा उनलाई चिन्नेहरू ‘त्यस्तो काम र कमाइ छाडेर किन फर्केको ?’ भनेर अचम्ममा परेका थिए रे । तर, उनी भन्छन्, “उता जति कमाए पनि, काम गरे पनि आफ्नोपन हुँदैनथ्यो; जहिल्यै विदेशीबाट डोमिनेट हुनुपथ्र्यो । यहाँ आत्मसन्तुष्टि छ ।”

श्रीमती माया र छोरा रोशनसँगै रमेश कार्की ।

शुरुमा बन्द, हड्ताल, चक्काजाम र सरकारी कागजातका काममा बेहोर्नु परेको झ्मेलाले निराश बनाए पनि अहिले उनमा निकै आशा जागेको छ । आफूले शुरु गरेको व्यवसायबाट जापानकै हाराहारी कमाइ गर्न थालिसकेका रमेश भन्छन्, “जापानीहरू जस्तै लगन र इमानदारीसाथ काम गरे नेपाल पनि एक दिन जापान बन्छ ।” उनी आफू जस्तै मिहिनेतसाथ काम गर्ने चार जना मान्छे उत्पादन गर्न सके तिनले थप ४०० लाई रोजगार दिनेमा विश्वस्त छन् ।

मासिक रु.१०–१५ हजारका लागि डेढ–दुई लाख ऋण काढेर खाडी र मलेशिया जानेहरूलाई नेपालमै काम गर्न सुझव छ, रमेश कार्कीको । “मासिक रु.१५ हजारभन्दा बढी त मेरो स्पामा काम गर्नेले नै कमाउँछन्”, उनी भन्छन्, “प्लम्बर, पेण्टर, इलेक्ट्रिसियन, हजाम आदि बनेर यहाँ भारतीयहरूले लाखौं कमाइरहेका छन् । आफ्नो काम आफैं गर्न नलजाउने हो भने नेपालीहरू आफू पनि बन्छन् र देश पनि बन्छ ।” होटलमा कामदारहरूसँगै दिनरात खट्ने र रिसेप्सनदेखि किचनसम्मको काम गर्ने रमेश भन्छन्, “मैले यतिका वर्ष अर्काको कामलाई त आफ्नै ठानेर गरँे भने अब आफ्नो काम किन नगर्ने ? काममा कोही मालिक र नोकर हुँदैन ।”

  • Welcome-nepal

    Ma pani Nepal aaundai chu 9 maina pachi aafno deshma kehi garna ra garera dekhauna……..

  • narendra b.k

    ma pani hamro des farkine wala chu tar mo sabji kheti garne cahanchu tesko lagi ali kati bhapani talim ko jaruri hun cha kasle dela malai talim bidesi dalar grip lai rojgari ko nimti talima kharca huncha bhanchan tara mile kahile bhetin tyo talim kirpya kasai le tyo bare ma malai batai diy aabhari hune thiy”””””””

  • sanjog shrestha

    yo akdamai bhadhur kam ho kinabhanne jun ramesh karki le kam garne system i mean lagan r imandari bhayera kam garnna sake sabai nepali le tyo nai rastra ko lagi thulo secrifies ho hoinna bhanne yeti talen nepali haru le nepalma bhasera  kam gardama  rastrama kun sanskarle rastra lai rastrlai katta ladai chha bichar garnne kura ho sabaile…………………………sanjog new delhi my ph no. 9899351796

  • Ramesh Khatri

    Good Work……………

  • Mahendra

    Nagare k hun6? Garna thale pachi nahune kehi chaina vanne Ramesh ji le pramanit garera dekhaunu vayekocha. Hami Nepali haruko kamjori k ho vane bidesh ma jasto sukai kam pani garne ra afno desh ma chahi testo kam garna hichkichaune ho. Yedi hami le hamro soch lai Rameshji le jastai paribartan garne ho vane Nepal pani garna sakine prasasta abasar ra samvabana haru  chan.