बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
![बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/blind_ratnpark-(3)-1714648367.jpeg)
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कदमले अप्ठ्यारोमा परेको भन्दै दृष्टिविहीन नागरिक रत्नपार्कमा धर्नामा बसेका छन्।
देशका विभिन्न भागबाट संघीय राजधानी काठमाडौं पुगेका दृष्टिविहीनहरूले विभिन्न स्थानमा गीत गाएर सहयोग संकलन गर्दै आएका छन्। गीत गाउँदा पाइने सहयोगले नै गुजारा चलिरहेको उनीहरू बताउँछन्।
![blind_ratnpark (1).jpeg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/blind rantpark/blind_ratnpark (1).jpeg)
अहिले काठमाडौं महानगरले गीत गाएर सहयोग संकलन गर्न रोक लगाएको छ। जसले गर्दा बिहान-बेलुका हातमुख जोर्न पनि नसकिने अवस्था आएको भन्दै उनीहरू रत्नपार्कमा धर्नामा बसेका हुन्।
महानगरले आफ्नो रोजगार छिनेको भन्दै उनीहरूले यो निर्णय फिर्ता लिन माग गरेका छन्। वैकल्पिक व्यवस्था नहुँदासम्म धर्ना जारी रहने उनीहरूले जनाएका छन्।
![blind_ratnpark (2).jpeg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/blind rantpark/blind_ratnpark (2).jpeg)
![blind_ratnpark (4).jpeg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/blind rantpark/blind_ratnpark (4).jpeg)
![blind_ratnpark (5).jpeg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/blind rantpark/blind_ratnpark (5).jpeg)
![blind_ratnpark (8).jpeg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/blind rantpark/blind_ratnpark (8).jpeg)