किरण नेपाल किरण नेपाल

क्रिकेट: केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ? मंगलबार, वैशाख १८, २०७५

अनेकन् प्रतिकूलताबीच पनि मूलतः खेलाडीहरूकै आत्मबल र क्षमताकै भरमा प्राप्त यो उपलब्धिको सन्देश हो– नेपाली क्रिकेटसँग अझ माथिल्लोस्तरको नतिजा ल्याउने क्षमता छ । र, अब त्यसलाई प्रमाणित गर्ने बेला आएको छ ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै वर्ष (सन् १९९६ मा) एकदिवसीय मान्यता पाएको र सन् २००३ को विश्वकपमा वेष्टइन्डिजलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको केन्या अहिले डिभिजन–३ मा झरेको छ ।

कारण, नेपालजस्तै राजनीतिक खिचातानी र भ्रष्टाचार नै हो । उता, सन् २००८ मा नेपालसँगै डिभिजन–५ खेलेको युद्धग्रस्त अफगानिस्तान अहिले टेष्ट मान्यताप्राप्त राष्ट्र बनेको छ । केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ? नेपालसामु ज्वलन्त प्रश्न छ ।

विस्तृत
महाभूकम्पपछिको तीन वर्षः अवसर गुमेपछिको चुनौती मंगलबार, वैशाख ११, २०७५

आन्तरिकसँगै परिवर्तित भूराजनीतिक परिघटनाहरू निम्त्याउने प्रस्थानविन्दु बनेको १२ वैशाख २०७२ को त्यो महाभूकम्प भने नेपाली मनोविज्ञानमा क्रमशः विस्मृतितर्फ धकेलिंदो छ । लाग्छ– ५६ सेकेण्डको त्यो कम्पन ज्यान गुमाएका झण्डै ९ हजार जनाका परिवारजनको स्मृतिमा मात्र जीवित छ ।
...

अव्यावहारिक नियम, कार्यविधि र निर्देशिका बनाउने अनि अलिपछि त्यसलाई उल्ट्याउने, सुल्ट्याउने– यस्तै यस्तैमा प्राधिकरण अल्मलिएको छ । तीन वर्षमा १५ प्रतिशत मात्र घर बन्नुले प्राधिकरणको क्षमता उदांगो पारेको छ ।

-किरण नेपाल

 

विस्तृत