HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुवा: १०५ वर्षीया कोभिड विजेता हाम्रै घरमा बस्ने र मुवा (मेरो बडासासूज्यू चन्द्रकुमारी जोशी) लाई हेरचाह गर्ने नर्सलाई ६ हप्ताअघि विसञ्चो भयो। रुघा लागेको जस्तो थियो। अनि टाउको दुख्ने। तर, ज्वरो थिएन। तिहारमा उनी घर गएपछि मुवालाई एकदम खोकी लाग्यो। ज्वरो थिएन, खालि ह्वाङ ह्वाङ खोकी।
बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो ! ९० सालमा एउटा असाध्यै जान्ने बाहुनले “यसपालि भयङ्कर हुनेवाला छ, ग्रहहरूका कारण प्रलय हुन्छ”, भनेका थिए। त्यसको हल्ला निकै भएको थियो । कागजमा छापेर भित्ताहरूमा पनि टाँसेको थियो । त्यसमा “खराब हुनेवाला छ, बचेर बस” भनेर लेखिएको थियो । त्यति बेला मुवाको उमेर १८ वर्ष थियो ।