रामु सापकोटा रामु सापकोटा

भन्सार छूटमा कालोबजारी शनिबार, मंसिर २५, २०७३

सरकारबाट भन्सार छूटको सुविधा पाएका सामग्री व्यापारिक प्रयोजनमा खुलेआम दुरुपयोग भइरहेको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै २०७१ सालमा ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले तीन ट्रक राशी ब्राण्डको भारतीय सिमेन्ट भित्र्यायो। तर, भन्सार छूटमा आयात गरिएको सिमेन्टलाई सिनोले रसुवास्थित साञ्जेन जलविद्युत् आयोजनालाई बिक्री गर्‍यो।

भूकम्प पीडितका लागि भनि  स्थानीय विकास मन्त्रालयले ल्याएको १ लाख २२ हजार ३३१, शहरी विकास मन्त्रालयले ल्याएको १ लाख २८ हजार ७०३ र अन्य विभिन्न १५ निकायको ९ लाख ४३६ थान टेन्ट/पाल  बाटैबाट हराए ।

जीवनजल, सुई, स्लाइनलगायतका औषधि बनाउन आवश्यक कच्चा पदार्थ हो, 'डेक्स्ट्रोज्'। औषधि व्यवस्था विभागले डेक्स्ट्रोज् आयात गर्दा भन्सार छूटको व्यवस्था गरेको छ। तर आर्या फर्मास्युटिकल र एसआर ड्रग्स्ले भन्सार छूटमा आयातीत डेक्स्ट्रोज् डेरी उद्योगलाई बेचेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानबाट खुलेको छ।

विस्तृत
“डाक्टर” बनाउने धन्दा आइतबार, भदौ १२, २०७३

‘नेपाली डाक्टर उत्पादन गरिरहेको’ गफ गर्ने मेडिकल कलेज संचालक पैसाका लागि नेपालीलाई रूसी वा भारतीय प्रमाणित गर्नेसम्मको पत्याउनै मुश्किल पर्ने कृत्य गरिरहेका छन् ।

यो सँगै अरू प्रश्न उठ्छ– हाम्रो कानून निमुखाका लागि मात्र हो ? धनी र शक्तिशालीका सन्तान जतिसुकै अयोग्य भए पनि तिनलाई मेडिकल डाक्टरको डिग्री पाउने सुविधा हाम्रो राज्यले दिनुपर्ने हो ?

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले ११ वर्षमा पढाएका कुल १ हजार ३५३ विद्यार्थीमा ६१३ मात्र नेपाली थिए । 

त्यस्तै, भरतपुरको कलेज अफ मेडिकल साइसेन्ज (सीओएमएस) ले १० वर्षमा नेपालीभन्दा करीब दोब्बर विदेशी विद्यार्थी भर्ना लियो । कलेजले २००२–०१२ मा ३६२ नेपाली र ६७० जना भारतीय विद्यार्थीलाई स्नातकको उपाधि दियो ।

२००५ मा एमबीबीएसको ११५ सीटमा त ८० जना भारतीय विद्यार्थीले स्नातकको उपाधि पाए ।

सन् १९९७ बाट एमबीबीएस पढाउन थालेको नेपालगञ्ज मेडिकल कलेजले पनि २००३ देखि २०१२ सम्ममा उत्पादन गरेका ९८६ डाक्टरमध्ये ५५५ विदेशी र ४३१ जना नेपाली थिए । कलेजबाट २००७ मा एमबीबीएस उत्तीर्ण ७३ विद्यार्थीमध्ये १९ जना मात्र नेपाली थिए ।

विस्तृत