HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी बन्यो वीरगञ्ज कोरोनाको ‘हट स्पट’ ? कोरोना संक्रमणबाट देशभर शुक्रबारसम्म ५६ जनाको मृत्यु भएकोमा सबैभन्दा धेरै पर्सा जिल्लामा नौ जनाको मृत्यु भएको छ । यो मानवीय क्षति उक्त जिल्लामा दीर्घरोगीको संख्या, स्वास्थ्यका पूर्वाधार, तयारी लगायत विषयसँग जोडिन्छ।
लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितहरुको आइसोलेसन सम्बन्धी मापदण्ड, २०७७ जारी गरेको छ। १५ असारमा मन्त्रिपरिषद्बाट स्वीकृत उक्त मापदण्ड मन्त्रालयले २४ असारमा सार्वजनिक गरेको हो।