समाचार सोमबार, चैत १०, २०७६

कोभिड–१९ संक्रमित युवतीको अवस्था जटिल छैन : अस्पताल

रामु सापकोटा

कोभिड–१९ संक्रमित युवतीको अवस्था जटिल छैन : अस्पताल

कोभिड–१९ पोजेटिभ देखिएर शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकूमा भर्ना भएकी १९ वर्षीया युवतीको अवस्था जटिल नभएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले हिमालखबरसँग कुरा गर्दै उनको अवस्था जटिल नभएको बताएका हुन् ।

“उहाँको केस आत्तिनुपर्ने खालको छैन" राजभण्डारीले भने। उनका अनुसार, ती युवतीलाई निमोनिया पनि नदेखिएकाले निको पार्न सकिने अवस्था छ। 

उनको उपचारमा चिकित्सकले अजिथ्रोमाइसिन लगायतका एन्टीबायोटिक औषधि चलाएका छन्। उनी ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन्।

प्रतिकृया दिनुहोस