वसन्त महर्जन वसन्त महर्जन

सम्पदामाथिको शुद्धिहीन व्यवहार शनिबार, वैशाख २, २०७४

वसन्त महर्जन
हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन।

पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ।

केही वर्षअघि दैलेखको भूर्ती पुगेकी अनेरास्ववियूकी अध्यक्ष नविना लामाले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।

विस्तृत
कपिलवस्तुबारे किन आश्चर्य ? शनिबार, चैत ५, २०७३

गौतम बुद्धसँग सम्बन्धित स्थलहरूको चर्चा गर्दा तत्कालीन वस्तुस्थितिको राम्रो जानकारी राख्नैपर्छ। नत्र, बुद्धभन्दा जेठो कुरा भेटियो भनेर आश्चर्य मान्नेदेखि फरक व्याख्या र अर्थको अनर्थसम्म हुन पुग्छ।

मायादेवीले लुम्बिनीस्थित यक्षको पूजा स्थललाई लक्ष्य गरी कपिलवस्तु–लुम्बिनी यात्रा गरेको तथ्यमा ध्यान नदिंदा बुद्ध जन्मनुअघि नै त्यहाँ मन्दिर रहेको भन्ने व्याख्या हुन थाल्यो। 'मन्दिर' ले गैर–बौद्धस्थल भन्ने अर्थ दिन्छ।

बुद्धको जन्मभन्दा सयौं वर्षअघि नै कपिलवस्तु समृद्ध नगर बनेको अनेकौं सन्दर्भ–दृष्टान्त छन्।

विस्तृत
अब व्यवस्थित अभिलेख मंगलबार, माघ ४, २०७३

विना अभिलेख थाहै नहुने गरी चन्दननाथ मन्दिरमा राखिएका मूर्तिहरू फेला नपरेको भए पछि हामीले ठम्याउन र विधिपूर्वक दाबी गर्न सक्ने थिएनौं।

इसाको १२औं शताब्दीमा खस साम्राज्य स्थापना भएपछि कर्णाली क्षेत्रमा बौद्धधर्मले राजकीय संरक्षण पाएको थियो। हुम्ला, जुम्ला, अछाम, डोल्पा, दैलेखलगायतका जिल्लामा तत्कालीन समाजको अवशेषका रूपमा बौद्ध सम्पदा तथा अभिलेखहरू यद्यापि छन्।

चन्दननाथ मन्दिर भनिए पनि यो स्वामी दत्तात्रयको मन्दिर हो। कतैबाट आएर बसेका साधुप्रतिको श्रद्धाभावका कारण स्थानीयले उनैका नामबाट 'चन्दननाथ' मन्दिर भनेको बुझिन्छ।

विस्तृत
थाङ्काको तमासा: रेकर्डको लोभ मात्र शुक्रबार, मंसिर २४, २०७३

-वसन्त महर्जन
विश्वको सबभन्दा ठूलो भनिएको थाङ्का, जसलाई भित्तामा झुन्ड्याउन सकिन्न। सार्वजनिक प्रदर्शनीमा राख्दा पनि त्यसलाई चौरमा बिछ्याउनु परेको छ। यो विशाल थाङ्का नियाल्न कि अग्लो ठाउँमा उक्लिनुपर्छ कि त हेलिकप्टरमा सवार हुनुपर्छ।

प्रदर्शनीमा आउनेहरू चाहिं 'विश्वकै ठूलो रे' भन्दै सर्सर्ती एकछेउ हेरेर फर्केका थिए। बुझ्न खोज्नेलाई प्रदर्शनस्थलमा बाँडिएको परिचय पुस्तिकामा छापिएको त्यसैको सानो प्रतिलिपिले मात्रै सघायो। यो त 'संसारको सबभन्दा ठूलो सारंगी' भनेजस्तै भयो, जुन बजाउन मिल्दैन।

बौद्ध आस्थालाई दुई देशबीचको दौत्य सम्बन्धसँग समेत जोडेर गरिएको मिहिनेतको परिणाम तमासामा सीमित हुनु अपेक्षित कुरा होइन।

विस्तृत
खादाको विरोध गर्ने कस्तो राष्ट्रवाद ? शनिबार, असोज ८, २०७३

बसन्त महर्जन
खादाको प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिए पनि यो मूल रुपमा नेपाली संस्कृति हो। नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ–अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ।

पहिले यसलाई 'खातागा' भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो। हाम्रो त्यही 'खातागा' तिब्बतमा पुगेर 'खादा' को रुपमा व्यापकता पाउने क्रममा 'सिल्की' हुन पुग्यो। त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र 'ॐ मणि पद्मे हुँ' पनि छापिन थाले।

आफ्नो सांस्कृतिक विरासत नै नबुझी 'राष्ट्रवादी' बन्ने सोच खादा बहिष्कारमा देखिएको छ।

विस्तृत
बेढंगे पुनःनिर्माण शनिबार, भदौ २५, २०७३

हनुमानढोका दरबारमा रोमन वास्तुकला थपिंदा केही भाग बाहिर पनि निकालिएको छ। मौलिक स्वरूपमा फर्कंदा बाहिर निस्केको त्यो भागलाई हटाए बाटो पनि सीधा र फराकिलो हुन्छ। पुनःनिर्माणको सन्दर्भमा यो एउटा उदाहरणीय काम पनि हुन्छ।

बालगोपालेश्वरको मौलिक स्वरूप गुम्बज नभई शिखर शैलीको हो। सन् १८४५ को फेबु्रअरी ५ देखि मध्य मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य बन्नुभन्दा अघिल्लो अधिराज्य) का राजकुमार वाल्डेमरले ल्याएका कलाकारले उतारेको पेन्टिङमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा देखिन्छ।

सम्पदाहरूको पुनःनिर्माणमा विशेष होशियारी नअपनाए इतिहास नै बाङ्गिन सक्छ भन्ने कुराको हेक्का राखेको देखिएन।

विस्तृत
गाईजात्राबारे भ्रम शुक्रबार, भदौ १७, २०७३

-बसन्त महर्जन
आधिकारिक भनिएका कतिपय प्रकाशनहरूमा कान्तिपुरका राजा प्रताप मल्लले छोराको देहान्त हुँदा शोकाकुल बनेकी रानीलाई 'तिम्रो छोरा मात्र मरेको होइन, कति धेरै मान्छे मरेका छन्' भनेर बुझाउन गाईजात्रा पर्व शुरु गरेको उल्लेख पाइन्छ। तर, तत्कालीन इतिहास अध्ययन गर्दा त्यसरी जात्रा–पर्व चलाउन सक्ने राजाको हैसियत देखिन्न।

वास्तवमा, हास्यव्यङ्ग्य गाईजात्रा नभई रोपाइँजात्रा नामको छुट्टै सांस्कृतिक पर्वसँग सम्बन्धित छ। गाईजात्रा वा त्यस अघि–पछि जहिले परे पनि रोपाइँजात्रामा हास्यव्यङ्ग्यको प्रचुर प्रयोग हुन्छ। यो जात्रामा रमाइलोका लागि पुरुषहरू महिलाको भेषभुषामा देखिन्छन्।

विस्तृत
अध्ययनअघि नै निष्कर्ष! शनिबार, भदौ ४, २०७३

सुर्खेतको लाटीकोइली डाँडास्थित सम्पदा काँक्रेबिहारलाई जानेर वा नजानेर धार्मिकस्थलहरूलाई कसरी विवादास्पद बनाइन्छन् र सामाजिक जीवनमा समस्याको बीउ रोपिन्छन् भन्ने उदाहरण बनाइएको छ।

महायानी बौद्ध सम्प्रदायमा महादेव, गणेश लगायतका देवतालाई बौद्ध चरित्रकै रूपमा लिइएको हुन्छ। यस पाटोलाई नजरअन्दाज गरेर हिन्दू देवताका मूर्ति पाइएको आधारमा मन्दिर भन्न सकिने भनी  प्रचारप्रसारमा लगिदिंदा काँक्रेबिहारमा हिन्दू धर्मावलम्बीहरूको ध्यान आकर्षित भयो। त्यसपछि बौद्ध र हिन्दू दुई धार्मिक समूहबीच विवाद र एकप्रकारको वैमनस्यताले स्थान पाउन थाल्यो ।

लाटीकोइलीस्थित यस डाँडामा काँक्रेबिहार एउटा मात्र संरचना हुनु तर्कसंगत छैन। तर, पुरातत्व विभागले यहाँ जति देखियो, त्यतिमै चित्त बुझाएर थप अध्ययन आवश्यक ठानेन।

विस्तृत
मायादेवी मन्दिरको रेप्लिका जरुरी शुक्रबार, साउन २८, २०७३

-बसन्त महर्जन
पुरातात्विक सम्पदाको असरल्ल प्रदर्शनी भएको मायादेवी मन्दिरको रेप्लिका बनाउनु आवश्यक छ।

पुरातात्विक महत्वका चित्रकलादेखि ढुंगा–माटोसम्मलाई फोटो खिच्दासमेत फ्ल्यासले असर गर्न सक्छ भनेर निषेध गरिएको हुन्छ, मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन। तर, त्यही संरचनामाथि दौडादौड गरिरहेको दृश्यले प्रश्न उठायो– हामी पुरातत्वबारे के बुझेर, के नियम बनाएर लागू गरिरहेका छौं?

श्रद्धा र धर्मचित्तले लुम्बिनी पुग्ने बौद्धहरू कुनै तामझाम वा कृत्रिम निर्माण हेर्न लालायित हुँदैनन्। उनीहरू त प्राकृतिक र सहज वातावरणको अपेक्षा राख्छन्। तर, जसै उनीहरू मायादेवी मन्दिर प्रवेश गर्छन्, उत्खनन्पछिको असरल्ल र अर्थ नखुलेका संरचनाहरूको भयावहपूर्ण दृश्य हेर्न बाध्य हुन्छन्।

विस्तृत