HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
क्वारेन्टिनको अवस्थाले मानसिक स्वास्थ्य बिगार्‍यो क्वारेन्टिनमा हामी आफू, आफ्नो परिवार र समाजलाई संक्रमणबाट जोगाउन बस्ने हो। त्यहाँ आधारभूत आवश्यकताका सुविधा हुनैपर्छ। तर, हाम्रा क्वारेन्टिन कोभिड—१९ फैलिने स्थान बने। त्यसले मानिसमा क्वारेन्टिनभित्रै संक्रमणको डर भयो। अनि डराउने, भाग्ने, झगडा गर्ने र आत्महत्या गर्नेसम्मका घटना भए।