HimalKhabar.com :: A Complete Nepali Political News Portal
धमाधम छुट्दै बन्दाबन्दीको सबभन्दा ठूलो ‘पोचिङ’का अभियुक्त चितवन राष्ट्रिय निकुञ्जमा करीब साढे तीन वर्षको ‘जिरो पोचिङ’ लाई तोड्दै बन्दाबन्दीमा लोपोन्मुख एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतको एकपछि अर्को आदेशले छुटिरहेका छन्।
संवैधानिक इजलासमा आज के होला? यी हुन् सम्भावित दुई परिदृश्य प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले भएका न्यायाधीश नै निरन्तर रहने सम्भावना करीब सकिएको छ। तर, प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्छन् वा अन्य दुई दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भन्ने अझै टुङ्गिएको छैन।