बनेपाको दुई अस्पतालका ३५ स्वास्थ्यकर्मीमा एकै दिन कोरोना संक्रमण पुष्टि
बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये एकैपटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वडा कार्यालयले अस्पताल क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ। स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्म आवतजावत रोक लगाएको वडाध्यक्ष सूर्यनारायण नापितले बताए।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार, शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। सबैको सम्बन्धित अस्पतालमा उपचार भइरहेको डा. झाले बताए।
एकैदिन यतिधेरै संख्यामा संक्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो। संख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १३९ पुगेको छ। यस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन्।