भक्तपुरमा माटाका भाँडा बनाउन भ्याई-नभ्याई, पहिलेभन्दा माग घट्यो
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडा बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरूलाई भ्याई-नभ्याई छ। तर, यस वर्ष कोभिडका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ भने माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्ता पनि थपिएको छ।
‘आदर्श आमा पुरस्कार’ अधिकारकर्मी सिर्जना कार्कीलाई
‘राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९’ दोलखाकी अधिकारकर्मी सृजना कार्कीले पाउने भएकी छन्। गौरादेवी ओली स्मृति प्रतिष्ठानले हिंसा पीडित महिला र बालबालिकाको क्षेत्रमा काम गरेबापत कार्कीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।