भाइटीकाको शुभ साइत १०:५१ बजे
![भाइटीकाको शुभ साइत १०:५१ बजे](https://www.himalkhabar.com/uploads/posts/800X600/rani_pokhari_bhaitika_(2)_1636176336.jpg)
भाइटीका लगाउने शुभ साइत आज बिहान १०:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति मार्फत शुभ साइतबारे जानकारी दिएका हुन्। यद्यपि दिनभरि कुनै पनि समयमा टीका लगाउन सकिने समितिले जनाएको छ। भाइटीका यमपञ्चकको अन्तिम दिन हो।