सर्वोच्च अदालतले रोक्यो जग्गाको कित्ताकाट
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयलाई चुनौती दिंदै दायर भएको रिटमा कित्ताकाट रोक्ने निर्णय सुनाएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोज शर्माको इजलासले यस्तो निर्णय सुनाएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।
सर्वोच्चमा वामदेवविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दामा बुधबार सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा १६ असोजमा सुनुवाइ भएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन।