इलाममा ३७ हजार मत गणना, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा सोमबार अपराह्नसम्म ३७ हजार मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार अपराह्न ४ः४५ बजेसम्म भएको गणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङले १५ हजार ६५३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ६८ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रबहादुर लिम्बूले आठ हजार ६८९ मत पाएका छन्। चौथो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको दुई हजार ३१६ मत छ।
सोमबार बिहानसम्म नेम्वाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। मध्याह्नपछि भने नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।