शिवमन्दिर खानेपानीमा एमाले, माओवादी र जनमुक्तिको प्यानल विजयी
पूर्वी नवलपरासीको कावासोती-१ मा अवस्थित शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैटौं अधिवेशनमा राजकुमार घिमिरेको प्यानल नै विजयी भएको छ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमुक्ति पार्टीको संयुक्त प्यानल मार्फत अध्यक्षमा उम्मेदवारी दिएका घिमिरेको प्यानलै विजयी भएको हो। यो प्यानलले नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध गठबन्धन गरेको हो।
घिमिरेले ६९२ मत पाउँदा उनका प्रतिस्पर्धी नारायणप्रसाद पन्तले ३४८ मत पाए।
यस्तै, उपाध्यक्षमा बलबहादुर गाहा ६५६ मत पाएर विजयी हुँदा सचिवमा लक्ष्मण श्रेष्ठ ६१९ मत सहित विजयी भए। कोषाध्यक्षमा राजकुमार श्रेष्ठ तथा खुला सदस्यमा तुलबहादुर सिंजाली, दुर्गाबहादुर राना मगर र श्यामबहादुर कुमाल विजयी भए।
केसमाया मगर र देवीमाया चितौरे महिला सदस्य तथा चूडामणि सुनार र भीमबहादुर दर्जी दलित सदस्यमा निर्वाचित भए। तिलाराम भुसाल, आनन्द भुसाल र पर्माजित सारू लेखा सदस्यमा निर्वाचित भए।