बझाङमा एमालेका दमन भण्डारी निर्वाचित
बझाङ १ ‘क’ मा भएको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
एमालेका भण्डारी ११ हजार ६१२ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ९६७ पाएका छन्। चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ५१३ मत पाएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए।