इलाममा अग्रता फराकिलो बनाउँदै सुहाङ
![इलाममा अग्रता फराकिलो बनाउँदै सुहाङ](https://www.himalkhabar.com/uploads/posts/800X600/suhang-dambar-1714368700.jpg)
नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
इलाम २ मा अपराह्न ५ बजेसम्म ३९ हजार ४३५ मत गणना भएको छ। यसमा नेम्वाङले १६ हजार २१९ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत पाएका छन्। दुवै उम्मेदवारबीच पाँच हजार ६६२ मतको अन्तर छ।
तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले आठ हजार ८२५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू दुई हजार ६४५ मत सहित चौथो नम्बरमा छन्।
इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो। अझै २९ हजार मत गणना गर्न बाँकी छ।
आइतबार मतगणनाको शुरूआतमा कांग्रेसका खड्काले अग्रता लिएका थिए। त्यसपछि कहिले एमालेका नेम्वाङ त कहिले कांग्रेसका खड्का अगाडि थिए। सोमबार बिहानदेखि भने एमालेका नेम्वाङले अग्रता बढाउँदै लगेका हुन्।
![suhang-3.JPG](https://www.himalkhabar.com/uploads/editor/election/ilam_2/suhang-3.JPG)