मंसीर १६ मा उपनिर्वाचन गर्न सिफारिश, यी हुन् रिक्त ३९ पद
स्थानीय तहका रिक्त पदमा आउँदो मंसीर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगले सिफारिश गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको निर्वाचन आयोगको टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनको मिति तोक्न सुझाएको हो। आउँदो मंसीर १६ मा उपनिर्वाचन गर्नका लागि सुझाएको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताए।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पद रिक्त छन्।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम उपनिर्वाचनको तयारी गरिएको आयोगले जनाएको छ।
उपनिर्वाचन हुने स्थानीय तह र पद :