सुहाङ पाँच हजार मतले अगाडि, कसको कति?
![सुहाङ पाँच हजार मतले अगाडि, कसको कति?](https://www.himalkhabar.com/uploads/posts/800X600/suhang-dekendra-1714370462.jpg)
इलाम २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार अपराह्न ४ बजेसम्मको मतगणनामा नेम्वाङ प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पाँच हजार मतले अगाडि छन्। नेम्वाङले १४ हजार ६१३ र खड्काले नौ हजार ३११ मत पाएका छन्।
त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले आठ हजार ५७० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले दुई हजार ५७ मत पाएका छन्।
अहिलेसम्म ३५ हजार ६११ मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो।
![suhang-1.JPG](https://www.himalkhabar.com/uploads/editor/election/ilam_2/suhang-1.JPG)