HimalKhabar.com :: A Complete Nepali Political News Portal
रञ्जन कोइरालालाई सजायमा छूट दिने सर्वोच्चको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने
रञ्जन कोइरालालाई सजायमा छूट दिने सर्वोच्चको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने पूर्व डीआईजी रञ्जन कोइरालालाई सजायमा छूट दिने सर्वोच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ।
“प्रत्येक सन्धिमा हामीले केही गुमाएकै छौं”
“प्रत्येक सन्धिमा हामीले केही गुमाएकै छौं” तीन वर्ष संयुक्त राष्ट्रसंघ र २५ वर्ष विश्व ब्यांकको कानून विभागमा काम गरेका पानी सम्बन्धी अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. किशोर उप्रेती आफ्नो विज्ञताले अन्तर्राष्ट्रियस्तरको उचाइँ बनाउने थोरै नेपालीमा पर्छन् ।...गंगा र त्यसका सहायक नदीहरूबारे भारतसँग हुने छलफल वा लेनदेन द्विपक्षीय नभई बाङ्लादेश, भारत र नेपाल गरी त्रिपक्षीय हुनसक्दा नेपाल र बाङ्लादेशले समेत लाभ उठाउन सक्ने उनको दृष्टिकोण छ । उप्रेतीसँग नेपाल–भारत पानी सम्बन्ध तथा दक्षिण एशियाको पानी राजनीतिमा भारतको भूमिका बारे हिमाल का लागि तुफान न्यौपानेले गरेको कुराकानीः
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ लोकमानसिंह कार्की अख्तियार प्रमुखका लागि अयोग्य रहेकोले पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा तत्कालीन प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्षको रुपमा खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद्ले कसरी स्वेच्छारी निर्णय गरेको थियो भन्ने पनि छर्लङ्ग देखिन्छ। यो फैसालमा मुद्दाको पुनरावलोकनमा सर्वोच्च अदालतका सीमाहरूबारे पनि फराकिलो व्याख्या गरिएको छ ।·लोकमानसिंह कार्कीले सर्वोच्च अदालत र संवैधानिक परिषद्मा पेश गरेका केही विवरण अपूर्ण, भ्रमपूर्ण र गलत देखिएको कारणबाट पनि उनको नियुक्तिलाई वैध मान्न सकिने अवस्था देखिदैन। ·सत्तामा रहेको समयमा जनधनको क्षति, सत्ता, शक्ति र पदको दूरुपयोग, राष्ट्रिय ढुकुटीको दूरुपयोग र मानवअधिकार उल्लंघन जस्ता कानून विपरितको काम कारवाही गरेको हो भने निजलाई दण्डित गर्नु राज्यको दायित्व हो।