HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रमको चीन भ्रमण: दाहाललाई शंकाको सुविधा
प्रमको चीन भ्रमण: दाहाललाई शंकाको सुविधा प्रधानमन्त्री दाहाल आफ्नो सरकारलाई 'भारतपरस्त' भनी लागिरहेको आरोप गलत सिद्ध गर्न चाहन्छन् र आगामी निर्वाचनअघि नै आफूलाई सन्तुलित नेताका रुपमा हेरियोस् भन्ने आकांक्षा राख्छन् । त्यसैले पनि उनले हतारमै भए पनि चीन भ्रमण गरेको बुझ्न गाह्रो छैन ।
विज्ञापन बजार दोब्बर विस्तार!
विज्ञापन बजार दोब्बर विस्तार! विदेशी च्यानलका प्रसारणलाई 'क्लिन फिड' बनाउने नीति लागू हुँदा दर्शकले विना विज्ञापनका कार्यक्रम हेर्न त पाउँछन् नै, नेपाली विज्ञापन बजारले पनि करीब दोब्बर वृद्धिको अवसर पाउनेछ।आमसञ्चार क्षेत्रको नीतिगत, संरचनागत र कानूनी सुधार सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रिपरिषद्ले २० माघ २०७२ मा गठन गरेको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले ५ साउनमा बुझाएको 'राष्ट्रिय आमसञ्चार नीति, २०७३' को मस्यौदा ७ साउनको मन्त्रिपरिषद्ले पास गरेको छ। साथै विज्ञापनरहित (क्लिन फिड) नीति, २०७३ पनि पारित गरेको छ। मस्यौदामा 'टेलिभिजन सिग्नल वितरक तथा केबुल वितरकहरूले विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित (क्लिन फिड) नीति अनवलम्बन गर्ने' व्यवस्था छ।