त्रिवि उपकुलपति लगायत विश्वविद्यालय तथा मेडिकल काउन्सिलका पदाधिकारीले नै मेडिकल शिक्षाको स्तर खस्काउन मुख्य भूमिका खेलेको पाइएको छ । हिमाल लाई प्राप्त चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ् आयोग–२०७४ को पूर्ण प्रतिवेदन अनुसार ४२ जना दोषी पदाधिकारीको कर्तुत र उनीहरुलाई सिफारिस गरिएको कार्वाहीबारे खुलासा–
मेडिकल कलेजको सम्बन्धन, प्रवेश परीक्षा, भर्ना र शुल्क निर्धाण प्रक्रिया तथा चिकित्सा शिक्षाको गुणस्तरमा रहेका समस्या पहिचान तथा दोषीलाई कारबाही सिफारिस गर्न गठन गरिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४ ले यसै साता आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सरकारले सार्वजनिक गरिनसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्बद्ध उच्च स्रोतबाट हिमाल लाई प्राप्त उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा हुने गरेका अनियमितता संस्थागत गर्न विश्वविद्यालय तथा मेडिकल काउन्सिलजस्ता नियामक निकायका उच्चपदस्थ पदाधिकारीको संलग्नता औंल्याएको छ ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष, डा.उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सह–सचिव सूर्यप्रसाद गौतम सदस्य सचिव रहेको ४ वैशाख २०७४ मा गठित तीन सदस्यीय आयोगले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी तथा आईओएमका वरिष्ठ चिकित्सकहरुले पदको दुरुपयोग गरी मेडिकल शिक्षालाई धरासायी बनाउन खेलेको भूमिका उजागर गर्दै उनीहरुलाई कारबाहीको सिफारिस गरेको छ ।
कसलाई के कारवाही
नामः तीर्थराज खनियाँ, उपकुलपति – त्रिभुवन विश्वविद्यालयआरोपः अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको । अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।कारवाहीः तत्काल बर्खास्त गर्ने । भविष्यमा सरकारी/अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्ने ।
नामः सुधा त्रिपाठी, रेक्टर – त्रिभुवन विश्वविद्यालयआरोपः अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको । अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।कारवाहीः तत्काल बर्खास्त गर्ने । भविष्यमा सरकारी/अर्ध सरकारी लाभको पदमा नियुक्त नगर्ने ।
नामः डिल्ली उप्रेती, रजिष्ट्रार – त्रिभुवन विश्वविद्यालयआरोपः अस्पताल सञ्चालनका लागि स्वीकृतिसमेत नपाएको काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन मुख्य भूमिका खेलेको । अति जिम्मेवार पदाधिकारीले पदअनुकूलको काम, कर्तव्य र आचरण नगरेको ।कारवाहीः तत्काल बर्खास्त गर्ने । भविष्यमा सरकारी/अर्ध सरकारी लाभको पदमा नियुक्त नगर्ने ।
नामः लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त –अख्तियार दुरुपयोग अनुसन्धान आयोगआरोपः आफ्नो संवैधानिक पदको दुरुपयोग गरी केयूमा सञ्चालित परीक्षामा हस्तक्षेप गरेको ।कार्वाहीः भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य ।
नामः अधिवक्ता नारायण खनाल – कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालयआरोपः कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा सवै पदाधिकारीलाई गलत राय दिएको ।कारवाही: त्रिविको कानूनी सल्लाहकारबाट तुरुन्त हटाउने । अन्य सरकारी तथा अर्धसरकारी निकायमा भविष्यमा कानूनी सल्लाहकार र कुनै पदमा नियुक्त हुन अयोग्य ।
नामः हीराबहादुर महर्जन, पूर्व उपकुलपति – त्रिभुवन विश्वविद्यालयआरोपः आफ्नो कार्यकालमा विद्यापरिषद्को अधिकार खोसेको । विद्यापरिषद्को निर्णय र डीनको अनुरोधलाई उपेक्षा गरी पूर्वाग्रही निर्देशन दिई डा.करबीरनाथ योगीको टोलीबाट काठमाडौं नेशनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न पठाई इच्छानुकूल प्रतिवेदन पेश गर्न लगाएको । तत्कालीन कुलपति एवं प्रधानमन्त्रीको उपस्थितिमा विज्ञहरुको बैठकले गरेको निर्णयलाई जानाजान उपेक्षा गरेको । गलत क्रियाकलाप गरी कानूनको उलंघन गर्ने काम गरेको ।कारवाहीः उपकुलपति पदबाट निवृत्त भईसके तापनि भविष्यमा विश्वविद्यालय लगायत सरकारी/अर्धसरकारी निकायमा नियुक्तिमा अयोग्य ।
नामः डा. नीलमणि उपाध्याय, पूर्व रजिष्ट्रार –मेडिकल काउन्सिलआरोपः मेडिकल काउन्सिललाई कानून भन्दा बाहिर गएर गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको । मेडिकल कलेजको सिट निर्धारणमा मापदण्ड कुल्चेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको । अन्य सदस्यलाई अख्तियारको नाममा त्रसित बनाइ दबाब दिएर निर्णय गराएको । मेडिकल कलेजको निरीक्षणमा मापदण्ड विपरित काम गरेको । एकै समयमा दुई संस्थाबाट तलब खाएको ।कारवाहीः भ्रष्टाचारमा अनुसन्धान तहकिकात गरी कारबाही । पेशागत चिकित्सासम्बन्धी कामबाहेक कुनै पनि सरकारी र अर्ध सरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य ।
नामः डा.प्रकाशराज न्यौपाने , पूर्व प्रमुख–भक्तपुर क्यान्सर अस्पतालआरोपः आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी कार्यविधिको विपरित हुने गरी कानून मिचेर सिफारिस गरी योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको ।कारवाहीः सरकारी र अर्धसरकारी पदमा नियुक्त हुन अयोग्य ।
नामः डा. चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक – वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरआरोपः आफ्नो अस्पताल वा अन्यत्र कतै काम नगर्ने डाक्टरहरुलाई छात्रवृत्तिसम्बन्धी कार्यविधिको विपरित हुने गरी कानून मिचेर सिफारिस गरी योग्य उमेद्वारलाई अध्ययन मौकाबाट बन्चित गरेको ।कारवाहीः सरकारी र अर्धसरकारी पदमा नियुक्त हुन अयोग्य ।
नामः डा.बीपी दास (बलभद्र दास), उपकूलपति –वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानआरोपः स्पोन्सर सिफारिश आएको भन्ने निहुँमा अन्य प्रकृया पूरा नगरी मेरिट लिष्टमा रहेका प्रतिभाशाली विद्यार्थीहरुको हक छिन्ने र अप्रत्यक्षरुपमा चलखेल गरी अनियमित तवरले अयोग्य विद्यार्थीलाई भर्ना गरेर जानाजानी कानून विपरीत काम गरेको ।कारवाहीः भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ति मनोनयनमा अयोग्य ।
पाँच वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन सिफारिस गरिएकाहरु:
नामः डा. दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष – नेपाल मेडिकल काउन्सिलआरोपः मेडिकल काउन्सिललाई कानून भन्दा बाहिर गएर गलत मार्गतिर लैजाने काममा मुख्य भूमिका खेलेको । निर्णय प्रमाणित नगराई कार्यान्वयन गरेको ।
नामः प्रा. भरत झा आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः प्रा.डा. गोविन्दप्रसाद शर्मा आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः प्रा.डा. त्रिलोकपति थापा आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः प्रा.डा. के बी. राउत आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः डा. मनोहरप्रसाद गुप्ता आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः चन्द्रलाल श्रेष्ठ आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः हिरेन्द्रमान अमात्य आरोपः मापदण्ड नपुगेको जानकी मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्नाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको ।
नामः डा. सि.डी. चावला आरोपः केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको ।
नामः प्रा. श्यामसुन्दर मल्ल केयूको पत्रअनुसार मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न स्वीकृति दिने गलत सिफारिस गरेको ।
नामः प्रा.डा. पन्ना थापा आरोपः मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।
नामः प्रा.डा. रमेशप्रसाद सिंह आरोपः मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।
नामः डा. जगदीश चटौत आरोपः मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।
नामः प्रद्युम्न श्रेष्ठ आरोपः मापदण्ड नपुगेको देवदह मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम शुरु गर्न पूर्वाधार पुगेको भनी सिफारिस गरेको ।
नामः डा. रमेश कुमार अधिकारी अरोपः मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।
नामः डा. रोहित श्रेष्ठ अरोपः मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।
नामः डा. ओजस्वी नेपाल अरोपः मापदण्ड नपुगेको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बढीमा ७५ जना विद्यार्थी अध्यापन गराउन सक्ने गलत प्रतिवेदन दिएको ।
तीन वर्षसम्म सरकारी र अर्धसरकारी नियुक्तिमा रोक लगाउन कार्वाही सिफारिस गरिएकाहरु: नामः प्रा. डा. करवीरनाथ योगी आरोपः काठमाडौं नेशनल मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरी गलत प्रतिवेदन दिएको । विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः प्रा. डा. ज्योति शर्मा आरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः प्रा. डा.केशवप्रसाद सिंह
आरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः प्रा.डा.प्रमोदकुमार श्रेष्ठ आरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः प्रा. डा.परशुराम मिश्र आरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः प्रा. डा.रामप्रसाद उप्रेती आरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
दुई वर्षसम्म सरकारी र अर्धसरकारी निकायको नियुक्तिमा रोकको कारवाही सिफारिस गरिएकाहरु: नामः प्रल्हाद पन्त, त्रिविआरोपः विज्ञको रुपमा कानून विपरित काम गरेको
नामः डा. अनिल झा मेडिकल काउन्सिलबाट प्रारम्भिक निरीक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।
नामः डा. शशि शर्मा मेडिकल काउन्सिलबाट प्रारम्भिक निरिक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।
नामः डा. सरोज श्रेष्ठ मेडिकल काउन्सिलबाट प्रारम्भिक निरिक्षण गर्दा मेडिकल काउन्सिल नियमावलीको निरिक्षण ढाँचा पूर्णरुपमा पालना नगरेको । विज्ञको रुपमा गलत प्रतिवेदन दिएको ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्य र डीनबाट हटाउन सिफारिस गरिएका: नामः ताराप्रसाद सापकोटा, डीन, कानून संकाय– त्रिभुवन विश्वविद्यालयआरोपः सर्वोच्च अदालतको अवहेलनाको फैसलाको गलत व्याख्या गरी सम्बन्धन दिन–दिलाउन अन्य पदाधिकारीहरुसँग संलग्न भएको
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्यबाट हटाउन सिफारिस गरिएकाहरु: नामः रामप्रसाद खतिवडा, डीन , विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय
आरोपः पदअनुकूलको काम, कर्त्व्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।
नामः राजेन्द्र पौडेल , त्रिवि कार्यकारी परिषद् सदस्यआरोपः पदअनुकूलको काम, कर्तव्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।
नामः हरि पराजुली आरोपः पदअनुकूलको काम, कत्र्तव्य पालन र आचरण नगरेको । काठमाडौं नेशनल मेडिकल कलेज (प्रस्तावित) लाई सम्बन्धन दिन–दिलाउन संलग्न भएको ।
प्रचलित कानून बमोजिम सचेत गराउन सिफारिस गरिएका: नामः डा. रामकण्ठ माकाजु , उपकुलपति–काठमाडौं विश्वविद्यालयआरोपः मापदण्ड नपुगेका विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको । केयूको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप निम्त्याएको ।