कला/साहित्यबिहिबार, २३ आश्विन , २०७६

‘ह्याप्पी बर्थडे रेखाजी’

हिमालखबर

बलिउड अभिनेत्री रेखा आज अर्थात् अक्टोबर १० मा ६६ वर्षमा प्रवेश गरेकी छन् ।

प्रख्यात बलिउड अभिनेत्री मनिषा कोइरालाले ट्वीटमार्फत रेखालाई जन्मदिनको शुभकामना दिएकी छन् ।

‘ह्याप्पी बर्थडे डियर रेखाजी, वी लभ यू’ लेखेकी मनिषाले आफू, आमा सुष्मा कोइराला र रेखाको तस्वीरसमेत पोष्ट गरेकी छन् ।

झण्डै पाँच दशकको बलिउड यात्रामा १८० चलचित्रमा काम गरेकी रेखालाई विलक्षण प्रतिभायुक्त अभिनेत्री मानिन्छ । कतिपयले उनलाई बलिउडकी ‘देवी’ पनि भनेका छन् ।

रेखाका उमराव जान, खून भरी माँग, सिलसिला, इजाजत, मुकद्दरका सिकन्दर, कामसूत्रजस्ता चर्चित फिल्म छन् ।

प्रतिकृया दिनुहोस