होलीबारे एनसेलको सन्देशमूलक भिडिओ सार्वजनिक
एनसेलले नयाँ पुस्तालाई होली पर्वको महत्त्व बुझाउन सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ।
यस भिडिओमा ‘आफ्ना लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्ने सन्देश दिएको छ। आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकता बलियो बनाउने होली पर्वलाई साथीभाइ, आफन्त र परिवारसँग मिलेर रङ खेल्दै मनाउनुपर्ने सन्देश प्रवाह गर्न खोजिएको एनसेलले जनाएको छ।
भिडिओमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोग मार्फत कसरी बुबाआमाको विगतका खुशीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् उजागर गरिएको छ।