कला/साहित्य सोमबार, असोज ६, २०७६

'कबड्डी कबड्डी कबड्डी'ले कमायाे तीन दिनमा ४.३२ करोड

हिमालखबर

कबड्डी कबड्डी कबड्डी फिल्म प्रर्दशनमा आएको तीन दिनमा नै चार करोड ३२ लाख कमाएको छ । शुक्रबारदेखि प्रर्दशनमा आएको कबड्डी कबड्डी कबड्डीको फिल्म व्यापार वितरणको जिम्मा लिएको स्टेसन फाइभले सामाजिक सन्जालमा सार्वजानिक गरेको हो ।


पहिलो दिन एक करोड ४७ लाख कमाई गरेको फिल्मको व्यापार दोस्रो दिन एक करोड ७८ लाख भएको थियो । तेस्रो दिन भने व्यापार घटेर एक करोड सात लाख मात्रै कमाई गरेको छ । तीन दिनको कमाई चार करोड ३२ लाख पुगेको छ ।


रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस