देशभर एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण
सरकारी वन क्षेत्र एवं राष्ट्रिय निकुञ्जमा मानव अतिक्रमण बढेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औंल्याएको छ।
महालेखाले आइतबार सार्वजनिक गरेको ६१औं प्रतिवेदनमा ६५ जिल्लामा एक लाख चार हजार हेक्टर वन अतिक्रमण भएको उल्लेख छ। यसमध्ये राष्ट्रिय निकुञ्जको मात्रै चार हजार २२१ हेक्टर जग्गा अतिक्रमण भएको छ।
वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनले अतिक्रमण गर्नेहरूलाई दण्डको व्यवस्था गरे पनि सरकार कानून कार्यान्वयनमा उदासीन देखिएको पनि प्रतिवेदनमा औंल्याइएको छ।