कला/साहित्य सोमबार, असार २९, २०७७

‘लकडाउन सिर्जना शृङ्खला’ का रचनाहरु पुस्तकमा आउने

हिमालखबर

‘लकडाउन सिर्जना शृङ्खला’ का रचनाहरु पुस्तकमा आउने
प्रकाश दिप्सालीको फेसबूक वालबाट ।

बन्दाबन्दीको समयलाई रचनात्मक बनाउने उद्देश्यले पूर्वी नेपालका साहित्य साधक प्रकाश दिप्सालीको अगुवाइमा शुरु भएको ‘लकडाउन सिर्जना शृङ्खला’ मा समेटिएका रचनाहरु अब पुस्तकमा आउने भएको छ। शृङ्खलामा ११० जनाको रचना फेसबुक मार्फत प्रस्तुत गरिएको थियो । साथै, १४ जना अग्रज साहित्यकारको अन्तर्वार्ता र रचना राखिएको थियो।

पुस्तकका लागि शृङ्खलामा समेटिएका सर्जकहरुको चित्र पोखराका चित्रकार कृष्ण मर्सानीले पेन्सिल आर्टमा बनाइरहेका छन्।

यो शृङ्खलाका अगुवा दिप्सालीले पुस्तकको काम शुरु भइसकेको र अबको केही महीनाभित्र बजारमा आउने बताए। 

पुस्तक प्रकाशनमा पात्लेपानी कला-साहित्य प्रतिष्ठान भोजपुर, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारत र तायाजोङ मिडिया प्रोडक्सन प्रालिले सहयोग गर्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस