कला/साहित्य विहीबार, पुस २४, २०७६

चलचित्र ‘इन्काउन्टर’को ‘बारुली बारुली’ सार्वजनिक

हिमालखबर

चलचित्र ‘इन्काउन्टर’को ‘बारुली बारुली’ सार्वजनिक

नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारुली बारुली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा आइटम गीत बारुली बारुली सार्वजनिक गरिएको हो ।

फिल्मका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।

आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ । गीतमा मीना निरौलाको स्वर रहेको छ ।

फिल्मको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन् । गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत रिलिज गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस