कलाकार क्षेत्री मृत अवस्थामा भेटिए
कलाकार दीपक क्षेत्रीको निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले बताए ।
क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । नेपाली चलचित्रमा खलनायकका रुपमा क्षेत्री अभिनय गर्थे । उनले दर्जनौँ चलचित्रमा अभिनय गरे ।
क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।
श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वर नलीमा मासु पलाएका कारण शल्यक्रिया गरिएको थियो ।