राँगामाटीकी तरूनी साँच्चै रुप कथाकी परी थिइन् तिनी। सोह्र वर्षीया जोवन, सलसलाउँदो उज्ज्वल चेहरा, ठुल्ठूला आकर्षक आँखा, अन्तर मुस्कान लुक्न नसक्ने कलिला चञ्चल दुई ओठ, लहराउँदै फैलिएको गाढा कालो कपाल, पातलो चादरभित्र निसास्सिरहेका योवन मिटर।
सय वर्षको उल्लास ! साहित्यका गहन पाठक मात्र नभएर भर्खर बक फुटेर ‘कखरा’ सिक्दै गरेका शिशु समेत ‘मै मिरिमिच्चे म्याँ म्याँ’, ‘कुरा गर्छन् कसरी, भँगेरा र भँगरी’ रट्दै नजानिंदो पाराले उनका ‘फ्यान’ भइसकेका हुन्थे। संसारमै यस्ता सर्जक विरलै पाइएला जसका सिर्जना पूर्वप्राथमिकदेखि विद्यावारिधिसम्म पढिइएको होस्।