कला/साहित्य मंगलबार, साउन ६, २०७७

जीवनप्रसाद राईको ‘समृद्धिका आधार’ सार्वजनिक

हिमालखबर

जीवनप्रसाद राईको ‘समृद्धिका आधार’ सार्वजनिक

कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईको ‘समृद्धिका आधार’ लोकार्पण गरिएको छ।

साहित्यकार झमककुमारी घिमिरेले मंगलबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरेकी हुन्।

धनकुटाको कचिडे स्थित घिमिरेको निवासमा उक्त कृतिको लोकार्पण गरिएको थियो।

कृतिले देशाटन अनुभव तथा यात्रा स्मरणमा आधारित रहेर समृद्धिको आधार पहिल्याउने कोशिस गरेको छ।

कृषि पर्यटन अभियन्ता राई कृषिकाे सम्भावना र कृषि नै देशमा समृद्धिकाे आधार बन्न सक्नेमा विश्वस्त छन्। राईका कृषिमा आधारित खेती तरकारी जाेडाै‌ं घरबारी, एभाेकाडाे ड्रागनफल सावर सुप लगायत कृति प्रकाशित छन्।  

 

 

प्रतिकृया दिनुहोस