पद्मकन्या क्याम्पसमा ‘डायबिटिज टक’
पद्मकन्या बहुमुखी क्याम्पसमा मधुमेह रोगका विषयमा बहस भएको छ।
पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि गृहविज्ञान विभाग, हेल्थ एक्सचेन्ज नेपाल र डायबिटिज नेपालको संयुक्त आयोजनामा आइतबार ‘डायबिटिज टक’ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्वास्थ्यविज्ञले मधुमेह के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए।
बेलायतका जेरेमी टनरले ओस्टियोपोरोसिस एन्ड डायबिटिजका सत्यन राजभण्डारीले मधुमेहका बिरामीले खानामा ध्यान दिनुपर्ने कुरा तथा प्रदीपकुमार श्रेष्ठले माइक्रोबायोम एन्ड डायबिटिज र राजेन्द्र ताम्राकारले इन्सुलिन उपचार विधिबारे प्रस्तुति राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानले यस किसिमको कार्यक्रमबाट क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थी सहभागी थिए।