कालापानी समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैनः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कालापानी समस्या अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने समय भइनसकेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष दाहालले नेपाल र भारतको समस्या आपसी छलफल र सम्वादबाट हल गर्नुपर्ने बताए । दाहालले कालापानी समस्या उत्तेजना फैलाएर समाधान हुन नसक्ने तर्क गरेका छन् ।
तर, नेपालले आफ्नो भूमि एक इन्च पनि नछोड्ने उनले बताए । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूमि मिचिएको बारे कुटनैतिक तवरबाट समाधान खोज्नुपर्ने उनले बताए ।
जम्मु–कश्मीर सहित १ नोभेम्बरमा भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरे पछि नेपालका विरोध चर्किएको छ ।
यसबारे छलफल गर्न राज्य व्यवस्था समितिले बैठक बोलाएको छ । तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।
याे पनि
कालापानी सुल्झाउने सही बेला
सीमा विवाद सधैंका लागि सल्टाऊ
बल्झिरहने कालापानी
“लिम्पियाधुरा (कालापानी) नेपालकै हो, भारतले झेल गर्यो”
सीमा मिचेको विरोधमा वीरगञ्जमा अनेरास्ववियूकाे प्रदर्शन ( भिडियाे सहित)
सडकमा विद्यार्थीको नारा: 'लिम्पियाधुरासम्मै हाम्रो हो' (तस्वीरहरु)
भारतीय कदम विरुद्ध आन्दोलन चर्काउन सभापति देउवाको निर्देशन