सीमा मिचेको विरोधमा वीरगञ्जमा अनेरास्ववियूकाे प्रदर्शन ( भिडियाे सहित)
–एस उपाध्याय
भारतले कालापानी लगायत नेपाली भूभाग मिचेको विरोधमा सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको विरोधमा आइतबार भारतीय दूतावास अगाडि अनेरास्ववियूले प्रदर्शन गरेको हो । विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् ।
प्रदर्शनमा ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक इन्डिया’ लेखिएका प्ला कार्ड सहित नाराबाजी गरिएको थियो । उनीहरूले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको उनीहरूले बताए ।
भारतको यो हेपाहा प्रवृत्ति आफूहरूलाई मान्य नहुने भन्दै उनीहरूले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताएका हुन् । सरकारले तत्काल कदम चाल्न पनि उनीहरूले माग गरेका छन् ।