सडकमा विद्यार्थीको नारा: 'लिम्पियाधुरासम्मै हाम्रो हो' (तस्वीरहरु)
कालापानी-लिपुलेकमा भारतले सीमा मिचेको विरोध गर्दै आइतबार बिहान ललितपुरको पाटन संयुक्त क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
सीमा मिचिएको कालापानी र लिपुलेकको मात्र चर्चा भए पनि त्योभन्दा पनि पर लिम्पिधुरासम्मै भारतले कब्जा गरेको भन्दै विद्यार्थीले विरोध र्याली गर्दै कोण सभा आयोजना गरे।
र्यालीका क्रममा विद्यार्थीले भारतीय विस्तारवादको विरोध गर्दै 'गो ब्याक इन्डिया' नारा लगाएका थिए।