कला/साहित्यशनिबार, २३ कार्तिक , २०७६

आफ्नै शब्द, संगीतमा गीत ल्याउने तयारीमा बुद्ध लामा

हिमालखबर

पहिलो नेपाल आइडल बन्न सफल बुद्ध लामा अहिले आफ्नै शब्द संगीतमा नयाँ गीत दर्शकलाई पस्कने तयारी गरिरहेको बताएका छन् ।

दर्शकको अपार मायाका कारण आफू नेपाल आइडल विजयी हुन सफल भएकोले दर्शकहरुका लागि गीत ल्याउने तयारी गरिरहेका हुन् ।

उनी भन्छन् ‘नेपाल आइडल बनाउन दर्शकले जुन माया देखाउनुभयो त्यो माया निरन्तर जारी छ । उहाँहरुको माया पाउनु नै मेरो सबैभन्दा ठूलो

उपलब्धि हो ।’ आफूले गाएका गीतहरु दर्शकले रुचाइरहेकोले हौसला बढेको बताए । अझै राम्रा गीतहरु गाएर दर्शकलाई खुशी बनाउनको लागि मेहिनेत

गरिरहेको लामा बताउँछन् । उनले भने ‘दर्शकले जुन अपेक्षाले मलाई भोट गर्नुभयो त्यो अपेक्षा मर्न नदिन हरसम्भव प्रयास गरिरहेको छु ।’

प्रतिकृया दिनुहोस