विपुल क्षेत्रीले ल्याए ‘सलल’
![विपुल क्षेत्रीले ल्याए ‘सलल’](https://www.himalkhabar.com/uploads/posts/800X600/bipul-chhetry-1706793484.jpg)
गायक विपुल क्षेत्रीले नयाँ गीत ‘सलल’ सार्वजनिक गरेका छन्।
गायक क्षेत्रीले आफ्नो घरबाट टाढा हुनुपर्ने बाध्यता, यसबाट आइपर्ने दुःख र घर फर्कने चाहनालाई शब्दमा उतारेका हुन्। उनले लेखेका छन्:
याद आउँछ ती कलिला दिनहरू
जति जुनि आए नि टाढा
अहिले जस्तै लाग्छ ती क्षणहरू
थाहा नपाई बितेछ यो पल
तल आज बगेछ टिस्टा स ल ल..
उनले टिस्टालाई प्रतिबिम्बको रुपमा गीतमा उतारेका छन्। यो धुनलाई एक वर्षअघि नै तयार पारेको भए पनि उचित शब्द लेखेपछि बल्ल गीत तयार पारेको क्षेत्रीले बताए।
उनले यो गीत गत वर्ष भारतको पूर्वोत्तर राज्य सिक्किममा गएको बाढीमा प्रभावित बनेका परिवारका लागि समर्पित गरेका छन्।
कालिम्पोङका नेपाली भाषी गायक क्षेत्रीको हालसम्म स्केचेज अफ दार्जिलिङ, माया र समय गरी तीन एल्बम सार्वजनिक छन्। साथै उनले गाएका असार, डढेलो, सिन्डिकेट, जुनकिरी लगायतका नेपाली गीत चर्चित छन्। उनी हाल विश्व प्रतिष्ठिन संगीत अवार्ड ग्रामीको भोटिङ अधिकार भएको सदस्य समेत हुन्।