कला/साहित्यशुक्रबार, २४ आश्विन , २०७६

पलायन (कथाः गोपाल अश्क)

हिमालखबर

- गाेपाल अश्क

गाेपाल अश्क

उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन ।

उसलाई थाहा थियो, कान्छो छोरोको बिहे भव्य हुँदैन । दाजुको ‘कुरो छिन्ने’ कार्यक्रममा नै प्रेमिका बोलाएको थियो । बुवालाई भन्न नसके पनि घरका बाँकी सबैलाई चिनाएको थियो, “यी अनु, मेरी हुनेवाली जीवनसँगिनी ।’

घरका सदस्य जिल्ल परेका थिए ।

यो कुरा उसको कानमा पुग्दा अलिक चिन्तित भएको थियो । रिस पनि उठेको हो । तर मौन बस्यो । ‘कस्तो मान्छे हुनुहुन्छ तपाईं ? कान्छोको बारेमा यस्तो कुरा सुनेर पनि चुप लागेर बस्नु भा’छ । कम से कम एक पटक उसलाई बोलाएर केही कुरा त गर्नुस् ।’ पत्नीले असन्तुष्टि जनाएकी थिइन् ।

उसले झर्किदै भनेको थियो, “के कुरा गर्ने मैले ? म अहिले जेठोको बिहेको तयारीमा छु । बेकारमा कान्छोसँग कुरा गरेर पाहुनाका अघि विघ्न खडा गर्ने समय होइन यो । तिमी चुप लाग र मलाई मेरो काम गर्न देऊ ।”

“ठीक छ, तपाईंलाई जे मन लाग्छ गर्नुस् । पछि तिमीले मलाई कुनै जानकारी नै दिइनौ नभन्नुहोला ।” उसकी पत्नीको ठूलो स्वर कोठाको सँघार नाघेर आँगनसम्म गुन्जियो ।

“अलि बिस्तारै बोल, घरमा पाहुना छन् । त्यत्ति मात्र होइन, ऊ त्यो ... के नाउँ हो त्यो केटीको ...अँ...अनु ! ऊ पनि छे, के सोच्छे हाम्रो बारेमा?” पत्नीलाई यति भनेर ऊ कोठाबाट बाहिरियो ।

शशिकला चुपचाप पति बाहिर निस्केको हेरिरहिन् ।

यसरी, ऊ जेठो छोरोको बिहे गर्न कम्मर कसेर लागेको थियो । ‘कुरो छिन्ने’ कार्यक्रममै दुई लाखभन्दा बढी खर्च गरेको थियो ।

त्यो बेलासम्म ऊ जागिरमै थियो । काठमाडौं बस्न थालिकन उता पनि घर बनाएको थियो । उसको एक इशारामा अफिसका कर्मचारी सहयोग गर्न कुदिहाल्थे । उसका सहकर्मी साथीहरू आ–आफ्नो सवारी साधनका साथ कुरो छिन्ने कार्यक्रममा उपस्थित थिए । उसले कुनै अतिरिक्त सवारी साधनको जोहो गर्नु परेको थिएन ।

कान्छो छोराकी प्रेमिका पनि सबैसँग घुलमिल हुँदै थिई । कान्छोले बुद्धिमत्तापूर्वक अनुलाई आफ्ना आमा–बुवा, दाजु, दिदी भिनाजू, मामा, माइजूसामु उपस्थित गराएको थियो । उनलाई घरका सबै सदस्य मात्र होइन पाहुनाले समेत मन पराएका थिए । उनी छोरी बुहारीझैं काम गरिरहेको देखेर पाहुनाहरू सुखद आश्चर्यचकित थिए ।

दुई चार जनाले कान्छोलाई सोधेका पनि थिए, “शशि ! को हुन् यिनी ?”

“मेरो साथी हुन् । हामी एउटै कम्पनीमा कार्यरत छौं । यिनले वीरगञ्ज घुम्ने रहर गरेकीले निम्त्याएको हुँ”, शशिले भनेको थियो ।

कान्छोले आफ्नो निर्णय सुनायो, “बुवा ! अनुलाई हजुरहरूले हेरिसक्नु भा’छ । हामी बिहे गरेर अस्ट्रेलिया जाने योजनामा छौं । भिसाको तयारी गरिरहेका छौं । त्यसको लागि बिहेको भिडियो र केही फोटो आवश्यकता पर्‍यो । हाम्रो बिहे गरिदिनुस् । नत्र हामीले आफैं बिहे गर्नुपर्ने हुन्छ ।” ऊ रूखबाट चुँडिएर झ्रिरहेको पात झैं भयो । 

उसलाई पनि कान्छो छोरोको रोजाइ मन परेको थियो । राम्री थिई । स्वभाव पनि राम्रो थियो । घरधन्दामा कुशल । सबैभन्दा ठूलो कुरो, छोरोले मन पराएकाले पछि कुनै किसिमको आरोप खेप्नु पर्दैनथ्यो ।

जेठो छोराको बिहे आउन ६ महीना बाँकी थियो । दुवैतर्फका परिवार खुशी थिए । छोरो हुनेवाला बुहारीसँग मौका मिलाएर घुम्न जान थालेको थियो। कहिलेकाहीं रेस्टुरेन्टमा खाना खानै जान्थे । मोबाइलमा त दिनहुँ कुराकानी भइरहेको थियो ।

तर, जेठोको भन्दा अघि कान्छोको बिहे गर्नुपर्ने बाध्यता पर्‍यो । कान्छोले आफ्नो निर्णय सुनायो, “बुवा ! अनुलाई हजुरहरूले हेरिसक्नु भा’छ । हामी बिहे गरेर अस्ट्रेलिया जाने योजनामा छौं । भिसाको तयारी गरिरहेका छौं । त्यसको लागि बिहेको भिडियो र केही फोटो आवश्यकता पर्‍यो । हाम्रो बिहे गरिदिनुस् । नत्र हामीले आफैं बिहे गर्नुपर्ने हुन्छ ।”

 ऊ रूखबाट चुँडिएर झ्रिरहेको पात झैं भयो । 

कान्छोले आमाको हातमा विवाह दर्ताको प्रमाणपत्र राखिदिंदै भनेको थियो, “आमा ! कानूनी रूपमा त हामी पति–पत्नी भई नै सकेका छौं । अब सांस्कृतिक रूपमा मान्यता दिएर आशीर्वाद दिनुहोस् ।”

उसले यति मात्र भनेको थियो, “बाबु ! हामीलाई थाहा छ, तिमीहरूलाई हाम्रो आशीर्वाद चाहिंदैन । तिमीहरूले जे चाहेका थियौ, पाइसक्यौ । अहिले तेरो दाजुको बिहे गर्न बाँकी नै छ । मसँग त्यत्ति रुपैयाँ–पैसा पनि छैन कि म दुई–दुई छोराको बिहे एकसाथ गर्न सकूँ । बरु बुहारीको आमाबुवालाई बिहे गरिदिन आग्रह गर । हामी दुई–चार जना सहभागी भइहाल्छौं ।”

कान्छो छोरो केही पनि नबोलेर निस्कियो । दाजुको बिहेअघि आफैंले बिहे गर्‍यो । उसकी पत्नी खूब रोइन् ।

“किन रुन्छौ शशिकला ! नरोऊ ! घरबाट बाहिरिनु त हाम्रो परम्परा नै हो । मेरो बुवाले आफ्नो जीवन सपार्नका लागि गाउँ छाड्नु भो, म आफ्नो जीवन सपार्न राजधानी आएँ । कान्छो हामी सबैलाई छाडेर विदेश हिंड्यो । यसमा किन पछुतो गरिराख्ने ?” उसले सम्झाउने प्रयास गर्‍यो ।

बिरामी आमाबुवालाई सहयोग दिने बेला छोरो विदेशिएको छ । पतिले पीडा लुकाएर बोलिरहेको शशिकलाले पनि नबुझेकी होइनन् । उनी बोलिनन्। बरु आँखाबाट बरर्र आँसु चुहाइरहिन् ।

•••

जेठो छोरा बुहारीको जीवन त्यत्ति राम्रो गुज्रिरहेको थिएन । बिहेको दुई–चार महीनाबाटै उनीहरूको झगडा शुरू भयो ।

ग बिहे गराएर मेरो जीवन बर्बाद गरिदिनुभो । न यसको रूप सुन्दर छ, न व्यवहार । तपाईंहरूले के हेरेर मेरो दुलही बनाउनुभो ?”

उसलाई भन्न मन थियो, “मैले त यसको सिउँदोमा सिन्दूर हालेको होइन, तैंलेले नै हो । बिहेअघि तिमीहरू दुवैले बारम्बार भेटेका हौ । दुवै खुशी थियौ । बीचमा म कसरी आएँ ?” तर ऊ जवान छोरोसँग मुखलाग्न चाहेन ।

छोरा–बुहारीको वैवाहिक जीवन सप्रियोस् भन्ने उद्देश्यले उसले आफ्नो तर्फबाट निकै प्रयास गर्‍यो । सम्धी–सम्धिनीलाई पनि सम्झाउने कोशिश गर्‍यो । तर, पार लागेन ।

हरेकपटक छोराबुहारीको झगडामा ऊ र उसकी पत्नीमाथि आक्षेप लाग्न थाल्यो । छोराबुहारी एकअर्कालाई गाली गर्दा आमाबुवालाई दोष थुपार्न थाले।

एक दिन उसको छोरोले पत्नीलाई माइत छाडेर आयो । फर्किने बेला भनेको थियो, “जबसम्म यसले म र मेरो परिवारलाई आफ्नो ठान्दिनँ, तबसम्म मेरो घरको ढोका बन्द छ ।”

उसलाई भन्न मन थियो, “मैले त यसको सिउँदोमा सिन्दूर हालेको होइन, तैंलेले नै हो । बिहेअघि तिमीहरू दुवैले बारम्बार भेटेका हौ । दुवै खुशी थियौ । बीचमा म कसरी आएँ ?” तर ऊ जवान छोरोसँग मुखलाग्न चाहेन ।

त्यसपछिका दिन झन् कहालिलाग्दा भए । बूढी भइसकेकी आमाको काँधमा घरको पूरा जिम्मेवारी थपियो । आराम गर्ने बेला, कोल्हुको गोरुझैं खट्नुपथ्र्यो ।

पत्नी बिरामी हुँदै गइन् । छोरो उदास थियो । कतिवेला आउँछ र जान्छ पत्तो हुन्नथ्यो । समय घिस्रिंदै बितिरहेको थियो ।

बुहारीलाई माइत छाडेको एक वर्षपछि मोटरसाइकल दुर्घटनामा जेठो छोरोको हात भाँचियो । ‘यही सही मौका हो छोराबुहारीलाई मिलाउन’ उसले सोच्यो । पत्नीसँगको सल्लाहमा सम्धीलाई फोन गरेर दुर्घटनाबारे जानकारी दियो । सम्धिनीलाई पनि फोनमा बेलिबिस्तार लगायो ।

सम्धिनीले भनिन्, “अनि, के भन्न चाहनुहुन्छ ?”

“म के भनूँ ?” ऊ पनि झ्र्कियो, “तपाईंलाई ज्ञान छैन र यस्तो मौकामा के गर्नुपर्छ भन्ने ? तपाईंको ज्वाइँ दुर्घटनामा परेको छ, काइदाले तपाईंहरू आउनुपर्ने होइन ?”

“ठीक छ, मेरो घरको रेखदेख अहिले छोराले गर्छ । उसँग सोधेर म फोन गर्छु”, सम्धिनीले यति भनेर फोन राखिन् ।

ऊ सम्धी–सम्धिनीको फोनको प्रतीक्षा गर्न थाल्यो । एक हप्तापछि सम्धी आफ्नो छोरालाई लिएर आए । बुहारी आइनन् ।

छोराबुहारीको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ । कुनै दिन सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेपछि छोराबुहारीले भन्ने छन्, “हजुरहरूले हाम्रो जीवन बर्बाद गरिदिनुभयो ।”

नास्ता–खाजा गराइसकेपछि उसले भन्यो, “सम्धीजी, काइदाले बुहारी नै आउनुपथ्र्यो । किन आइनन् त ?”

“हामी के भनौं सम्धीजी” सम्धी भन्न थाले, “ज्वाइँ सा’बले छाडेर आउनु भा’छ । झगडा उहाँहरूबीच भएको हो, हामीसँग त होइन । उहाँले लिएर आउनुहोस् । हामीले कहाँ रोकेका छौं ?”

लामै कुराकानीपछि सम्बन्ध सुध्रिने सम्भावना देखियो ।

तर, उनीहरू फर्किएको तीन सातासम्म पनि छोराको ससुरालीबाट फोन आएन । बरु उसको जेठो छोरोले नै ससुरालाई फोन गर्‍यो । उठेन । अनि जेठानलाई फोन गर्‍यो । सञ्चो विसञ्चो बाहेक खास कुरा भएन । बोल्दाबोल्दै सम्पर्क विच्छेद भयो ।

यो घटनापछि जेठो छोरोको मन मर्‍यो । बरु ऊ विदेश जाने तयारी गर्न थाल्यो । विदेश जानुअघि सम्बन्धविच्छेद गर्ने सोच बनायो ।

“मैले सुने अनुसार ऊ पनि सम्बन्धविच्छेद चाहन्छे रे ! म अब एमबीए सकेर विदेश जाँदैछु । म पनि सम्बन्धविच्छेद गर्नु नै उचित ठान्छु । विदेश जानुअघि म यहाँको सबै व्यवस्था मिलाएर जान्छु”, जेठोले बाबुलाई सुनायो ।

जेठो पनि विदेश जाने कुराले ऊ रन्थनियो । निकै दिन भयो, आँखामा पटक्कै निद्रा छैन । उसकी श्रीमती पनि निदाउन सकेकी छैनन् । दुवै जना चुपचाप ओछ्यानमा पल्टिरहन्छन् ।

छोराबुहारीको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ । कुनै दिन सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेपछि छोराबुहारीले भन्ने छन्, “हजुरहरूले हाम्रो जीवन बर्बाद गरिदिनुभयो ।” त्यसको केही दिनमा जेठोलाई विदेश यात्राका लागि बिदा गर्नुपर्नेछ ।

अचेल ऊ र पत्नी त्यही दिनको पर्खाइमा बसे झैं छटपटीमा छन् ।

प्रतिकृया दिनुहोस