ग्लोबल आइएमई ब्यांकले ल्यायो किस्ताबन्दीमा भ्रमण योजना
ग्लोबल आइएमई ब्यांक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना ल्याएको छ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजना अन्तर्गत आन्तरिक पर्यटकीय स्थलहरू अन्नपूर्ण आधारशिविर, मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टूर प्याकेजमा थाइल्यान्ड, बाली र दुबई भ्रमणका लागि सहुलियत मूल्यको योजना ल्याएको हो। आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार २१० रुपैयाँ र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी सुविधा पाइनेछ।
ब्यांंकको क्रेडिट कार्डवाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टूर प्याकेज किस्ताबन्दीमा खरीद गर्न सक्नेछन्। त्यस्तै, यस योजनामा आबद्ध भई क्रेडिट कार्ड लिंदा कार्ड शुल्कमा ५० प्रतिशत छूटको पनि व्यवस्था गरिएको छ।