ग्लोबल आइएमई ब्यांक र भूमि डेभलपर्सबीच समझदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा ब्यांकका तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार ललितपुरको गोदावरी नगरपालिका-३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरीदकर्तालाई ब्यांकले सहज रूपमा कर्जा प्रवाह गर्नेछ। ब्यांकले तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने जनाएको छ।
ब्यांकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्म ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ।
यससँगै ग्लोबल आइएमई ब्यांक भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निर्माण गर्ने परियोजनाको ब्यांकिङ पार्टनरका रूपमा रहनेछ।